― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsअधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि – KhabarHost

अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि – KhabarHost



३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

बुधबारदेखि भएको मतदान बिहीबार बिहान सकिएसँगै अहिले मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन आयोगले गणना सुरु भएको ३ घण्टाभित्र परिणाम आइसक्ने बताएको छ ।

यसैबीच अहिलेसम्मको परिणाम अनुसार, ओली प्यानलकै वर्चश्व देखिएको छ ।

अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेलले सुरुदेखि नै अग्रता बनाइरहेका छन् ।

पछिल्लो परिणाम अनुसार, ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । महासचिवमा शंकर पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि ओली प्यानलबाटै उम्मेदवार बनेकाहरूको अग्रता देखिन्छ । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । उपाध्यक्षको दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल छन् । त्यसपछि राम बहादुर थापा छन् । उनीहरू ओली प्यानलका हुन् ।

उपमहासचिवमा ओली प्यानलबाट लेखराज भट्ट र रघुवीर महासेठ अगाडि छन् । योगेश भट्टराई तेस्रो नम्बरमा छन् । भट्टराई ईश्वर पोखरेल प्यानलबाट निर्वाचनमा सहभागी भएका थिए ।

सचिवमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, शेरधन राई अगाडि छन् । उनीहरू सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More