― Advertisement ―

पेन्टागनले F-35 मा ट्रिलियन खर्च गर्यो, र चार मध्ये एक जेटले आज हरेक मिसन गर्न सक्छ

F3d मिशन मात्र पूरा गर्नुहोस् क्षमतामिसन सक्षम दरहरू 2021 र 2025 बीचमा तीव्र रूपमा घट्योसफ्टवेयर ढिलाइले भर्खरै डेलिभर गरिएका विमानहरूमा तयारीलाई असर गरिरहेको छपेन्टागनको...
HomeLatest newsनेतृत्व चयन गर्न आज मतदान हुँदै – KhabarHost

नेतृत्व चयन गर्न आज मतदान हुँदै – KhabarHost



२ पुस, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ ७ बजे मतदान सारिएको थियो ।

मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान भृकुटीमण्डपमै हुनेछ तर हल परिवर्तन गरिने जनाइएको छ ।

एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको छ । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम मंगलबार नै सकिएको थियो ।

मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

केही केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More