― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsएनआरएनएको १२ औं विश्व सम्मेलन फागुनमा – KhabarHost

एनआरएनएको १२ औं विश्व सम्मेलन फागुनमा – KhabarHost



२९ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म गर्ने निर्णय गरिएको छ । महासचिवद्धय गौरीराज जोशी र बीआर लामाले महाधिवेशनको मिति तय भएको जानकारी विज्ञप्ति मार्फत गराएका हुन् ।

एकता पश्चात् गठित स्टेरिङ कमिटीको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । स्टेरिङ कमिटीको बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण समिति गठन गरेको छ । गंगाधर गौतम संयोजक रहेको उक्त समितिमा सहसंयोजक टीका गुरुङ (राधिका) छन् भने सदस्यहरुमा नारायण काफ्ले, शनि ओली, र चिरञ्जीवी खड़का छन् ।

बैठकले एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद गर्ने निर्णय गरेको छ । डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र  डिसेम्बर २१ मा अमेरिका तथा युरोप क्षेत्रमा अन्तक्रिया र संवाद गर्ने टुंगो लगाइएको छ ।

पाँच सदस्यीय सदस्यता समितिमा २ जना थप गरी ७ जना बनाउने निर्णय गरिएको छ । स्टेरिङ कमिटीका सबै सदस्यले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान अनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने जानकारी गराइएको छ ।  हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने समेत निर्णयमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More