― Advertisement ―

आइतबार, अप्रिल १२ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #770)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ टाइमजोन जुन रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsअन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि – KhabarHost

अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्पिन इभेन्ट्स र स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ।
  • प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित ११ स्पर्धामा ४५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् र ३ स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ।
  • प्रतियोगितालाई अनरले मुख्य प्रायोजन गर्नेछ भने एनआईइसी कन्सल्टेन्सी र एभरेष्ट फेसनले सह–प्रायोजन गर्नेछन् र पाँचदिने खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्।

२८ मंसिर, काठमाडौं । स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा पाँचौं अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुमन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ३ स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।

प्रतियोगितामा ४ सय ५० खेलाडीको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितालाई अनरले मुख्य प्रायोजन गर्ने भएको छ भने एनआईइसी कन्सल्टेन्सी र एभरेष्ट फेसनले सह–प्रायोजन गर्ने भएका छन् । पत्रकार सम्मेलनमा सो सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर गरिएको थियो ।

पदक संख्याका आधारमा १ वडालाई टिम च्याम्पियन घोषणा गरिने छ । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।





Read More