― Advertisement ―

HomeLatest newsसन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा

सन्तोष चालिसे विरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा


फाइल तस्वीर



२८ मंसीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गोकर्णेश्वर नगरपालिकाको मेयर भएका बेलामा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।

आठ करोड ५६ लाख रुपैयाँको सम्पत्ति जोडेका उनले चार करोड ८८ लाख रुपैयाँ मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारको दाबी छ ।

अख्तियारको दाबी अनुसार, उनले ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेका थिए, अख्तियारले त्यसैलाई बिगो कायम गरेको हो ।

अख्तियारले सन्तोष चालिसेसहित उनकी पत्नी मन्दिरा चालिसे, छोरा सागर चालिसे र सञ्जिव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

उनी जेठ, २०७४ सालदेखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । मेयरको पाँच वर्षे कार्यकाल सकिएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।

अख्तियारले उनीमाथि सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति विवरण उल्लेख नगरी लुकाइछिपाइ झुट्टा विवरण पेस गरेको आरोप लगाएको हो ।

अख्तियारले संसदीय समितिको नेतृत्व गरेका व्यक्तिमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको यो पहिलो घटना हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More