― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsअष्टलक्ष्मीले भनिन्- म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौं

अष्टलक्ष्मीले भनिन्- म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम सबैले त्यागौं


फाइल तस्वीर



२८ मंसिर, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् ।

भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

उनले अगाडि भनिन्, ‘विधि र विधान सम्मत चलौँ, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔँ, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More