― Advertisement ―

नेटफ्लिक्स सह-संस्थापक रीड हेस्टिंग्स द्वारा दिन को उद्धरण: ‘स्टोन एज। कांस्य युग। फलाम युग। हामीले मानवजातिको सम्पूर्ण महाकाव्यहरूलाई उनीहरूले प्रयोग गर्ने प्रविधिद्वारा परिभाषित गर्छौं’...

1997 मा Reed Hastings द्वारा सह-स्थापना गरिएको, Netflix ले ब्लकबस्टरको मोल्डमा भाडा DVD सेवाको रूपमा जीवन सुरु गर्यो। तर, २० वर्षपछि, कम्पनीले नाटकीय रूपमा...
HomeLatest newsअनेरास्ववियु अध्यक्षबाट हटेका कडरिया बने महाधिवेशन प्रतिनिधि

अनेरास्ववियु अध्यक्षबाट हटेका कडरिया बने महाधिवेशन प्रतिनिधि



२७ मंसिर, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षबाट हटेका सुजन कडरिया एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेका छन् ।

उनलाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो । कडरियासहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कडरियाले अनेरास्ववियुको अध्यक्षबाट राजीनामा घोषणा गरेका थिए । पछि फेरि उनी केही समय जिम्मेवारीमा फर्किए ।

आलोचना भएपछि १ मंसिरमा पुन: राजीनामा दिए । उनको राजीनामा अनेरास्ववियुको केन्द्रीय समितिले स्वीकृत गरेर अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।

त्यसपछि पार्टी राजनीतिमा जोडिएका कडरियालाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More