― Advertisement ―

युक्रेनको सानो 25g ड्रोन एन्टेनाले रणभूमि प्रणालीहरूलाई धेरै रेडियो फ्रिक्वेन्सीहरूमा आश्चर्यजनक संचार बढावा दिन सक्छ।

नयाँ कम्प्लेक्सको लागि हामी पर्याप्त छौँ। प्लेटफार्महरूBlueBird Tech CLOVER ले ड्रोन, निगरानी उपकरण, र ग्राउन्ड रोबोटहरू सेवा गर्न सक्छएन्टेनाले आधुनिक FPV प्रणालीहरूद्वारा व्यापक रूपमा...
HomeLatest newsएमाले महाधिवेशन उदघाटन स्थलमा कडा सुरक्षा जाँच (तस्वीरहरु)

एमाले महाधिवेशन उदघाटन स्थलमा कडा सुरक्षा जाँच (तस्वीरहरु)



२७ मंसिर, भक्तपुर । एमाले महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

गेटमा तैनाथ प्रहरीहरुले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् । उनीहरुले झोला र शरीर खानतलासी समेत गरेका छन् ।

साथै विष्फोटक पदार्थ पत्ता लगाउने उपकरण र विशेष तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ ।

एमालेको महाधिवेशनको उदघाटन समारोह भक्तपुर सल्लाघारीमा आज मध्याह्न १२ बजेपछि सुरु हुनेछ । त्यसअघि साँस्कृतिक कार्यक्रम सुरु हुने छ । महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरु गाडी रिजर्भ गरेर आएका छन् ।

औपचारिक समारोह सुरु हुनुअघि विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी छ ।

गाडीमा चढेर आएकाहरुलाई गठ्ठाघर, सानोठिमी, जगाती लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

 





Read More