― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsस्टार फुटबलर मेसी भारतमा, कोलकाता एयरपोर्ट देखियो समर्थकको भीड

स्टार फुटबलर मेसी भारतमा, कोलकाता एयरपोर्ट देखियो समर्थकको भीड



२७ मंसिर, काठमाडौं । स्टार फुटबलर अर्जेन्टिनाका लियोनल मेसी शनिबार बिहान भारतको कोलकाता पुगेका छन् । उनीसँगै फुटबलर लुइस सुआरेज र रोड्रिगो डी पाल पनि आएका छन् ।

मेसी जीओएटी इन्डिया टुर–२०२५ अख्न्तर्गत कोलकाता पुगेका हुन् । यस दौरान कोलकाता एयरपोर्टमा मेसीको एक झलक पाउनका लागि हजारौं फ्यान पुगेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार मेसीको स्वागतका लागि हजारौं फ्यानहरू गएरातिदेखि नै कुरेर बसेका थिए । मेसी सवार विमान शनिबार बिहान २ बजेर २६ मिनेट जाँदा (भारतीय समयअनुसार) कोलकातामा अवतरण भएको थियो ।

जीओएटी इन्डिया टुर–२०२५ अन्तगर्त मेसी तीन दिन भारत बसाइँमा हुने छन् । यस दौरान उनी भारतका चार शहरको भ्रमणमा निस्कने बीबीसीले जनाएको छ ।

मैत्रीपूर्ण फुटबल खेल्ने, प्रधानमन्त्री मोदी, शाहरुख खान लगायतलाई भेट्ने

१४ वर्षपछि उनी भारत आएका हुन् । आज उनले हैदरावादमा मैत्रीपूर्ण फुटबल खेल्ने र सांस्कृतिक कार्यक्रममा सहभागी हुने दैनिक भाष्करले जनाएको छ ।

जीओएटी इन्डिया टुर–२०२५ अन्तर्गत मेसी तीन दिन भारत बसाइँमा हुने छन् । यस दौरान उनी भारतका चार शहरको भ्रमणमा निस्कने बीबीसीले जनाएको छ ।

साथै बलिउड एक्टर शाहरुख खान, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र इन्डियन क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली, सचिन तेन्दुलकरलगायतसँग पनि उनले भेट्ने कार्यक्रम छ ।

साथै उनले १५ डिसेम्बरको दिन प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । त्यसपछिको उनको भारत भ्रमण समाप्त हुने छ ।





Read More