― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsएमालेको ११ औं महाधिवेशन आज – KhabarHost

एमालेको ११ औं महाधिवेशन आज – KhabarHost



काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ ।

काठमाडौं उपत्यकाको साँस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उदघाटन गर्नेछन् । महाधिवेशन उदघाटन मध्याह्नपछि हुने एमालेले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट एमाले नेता कार्यकर्ताहरु काठमाडौं उपत्यका आइसकेका छन् । जेनजी आन्दोलनका कारण सरकारबाट हट्न बाध्य भएको एमालेले तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार बनाउने जनाएको छ ।

उदघाटन समारोहअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेर ती जुलुस सल्लाघारीमा पुगेर सभामा परिणत हुने छ ।

सल्लाघारीको उदघाटनपछि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ । सोही बन्दसत्रबाट एमालेले नयाँ नेतृत्व पनि चुन्ने छ । नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

बन्दसत्रमा ईश्वर पोखरेलले छुट्टै डकुमेन्ट पेस गर्ने तयारी गरेका छन् । हिजो बेलुका बसेको एमाले सचिवालय बैठकले पोखरेललाई डकुमेन्ट पेस गर्न दिने तर त्यसमा छलफल नगर्ने निर्णय गरेको थियो ।





Read More