― Advertisement ―

‘तपाईले इन्जिनको आवाज लुकाउन सक्नुहुन्न’ – क्रान्तिकारी चेक एआई ध्वनिक ढाल भित्र तल्लो उडान ड्रोनहरूको शिकार गर्न डिजाइन गरिएको छ, जुन चाँडै तपाईंको नजिकको...

न्युरोन साउन्ड साउन्ड डिफेन्स एयरमा बदल्नुहोस् पहिले नै अवस्थित टेक्नोलोजीमायसले साना, कम लागत र ऊर्जा दक्ष 'एज' एकाइहरू प्रयोग गरेर आधुनिक रडारहरूको लागत र...
HomeLatest newsएनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै

एनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै


सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।

राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच २७ मंसिर त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजे नेपाल प्रिमियर लिगको फाइनल खेल हुनेछ।
  • सुदूरपश्चिम दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलोपटक प्लेअफबाट फाइनलसम्मको यात्रा तय गरेको छ।
  • नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा यो खेल हेरिएको छ।

२७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।

फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।

पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।

यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।

अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको छ । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि भिडन्तका रूपमा पनि हेरिएको छ । सुदूर दीपेन्द्रको कप्तानीमा छ भने लुम्बिनी रोहितको कप्तानीमा छ । दुवै आफ्नो टोलीलाई उपाधि जिताउने लक्ष्यमा छन् ।

यस्तो छ लय

लिग चरणमा लगातार ६ खेल जितेर शीर्षस्थानमा फिनिस गर्ने पक्का गरेको सुदूरपश्चिम लिगको अन्तिम खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो । त्यसपछि फेरि पहिलो क्‍वालिफायरमा विराटनगर किङ्सलाई नै पराजित गर्‍यो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ ।

लिगको अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

सुदूरपश्चिमका लागि नेपाली र विदेशी खेलाडी दुवैबाट अपेक्षित प्रदर्शन भइरहेको छ । त्यही कारण सन्तुलित देखिएको सुदूरपश्चिम लिग चरणबाटै उपाधिको दाबेदार टोलीमा रूपमा हेरिएको छ ।

अर्कोतर्फ लुम्बिनीको लयमा भने उतारचढाव देखिएको थियो । लिग चरणमा सुरुवाती खेल जितेर त्यसपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिमका तीन खेल फेरि जितेर प्लेअफमा स्थान बनाएको थियो ।

कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले शानदार पुनरागमन गर्दै इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले अनि २४ घण्टाभित्रै भएको दोस्रो क्‍वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो ।

लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

मध्यक्रमको ब्याटिङमा अझै सुधारको अपेक्षा राख्न सकिन्छ । यस्तो भएमा लुम्बिनीको ब्याटिङ अझ बलियो देखिनेछ ।

हेड टू हेड

एनपीएलका दुवै संस्करणमा गरेर सुदूरपश्चिम र लुम्बिनी २ पटक आमनेसामने भएका छन् । दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ ।

गत संस्करण भएको खेलमा सुदूरले लुम्बिनीमाथि ४२ रनको जित हासिल गरेको थियो । सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा १४५ रन मात्र बनाएको थियो ।

यस्तै यस संस्करणको खेलमा सुदूरपश्चिमले ७ विकेटको सहज जित हासिल गर्‍यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १९औं ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।

प्रभाव पार्न सक्ने खेलाडी

सुदूरपश्चिमका लागि ब्याटिङमा विनोद भण्डारी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण हुनेछ । तीनजना खेलाडीले धेरै रन बनाएका छन् । विनोदले ८ खेलमा २६४ रन, आरिफ शेखले १८० रन तथा दीपेन्द्रले १४९ रन बनाएका छन् ।

बलिङमा अविनाश बोहरा, स्कट कुग्लेइन र हर्मीत सिंह प्रभावकारी हुनेछन् । अविनाशले १६ विकेट लिएका छन् भने हर्मीतले १२ अनि कुग्लेइनले १० विकेट लिएका छन् ।

यता लुम्बिनीका लागि ब्याटिङमा रोहित पौडेल, डार्शी शर्ट र निरोशन डिक्‍वेलाको प्रदर्शनले महत्व राख्नेछ । रोहितले ९ खेलमा २६० रन बनाएका छन् । उनलाई अस्ट्रेलियन डार्शी शर्टले साथ दिइरहेका छन् जसले २४२ रन बनाएका छन् । निरोशन डिक्‍वेलाले ५ खेलमा १२६ रन बनाएका छन् । लुम्बिनीका लागि ब्याटिङमा सबैबाट केही योगदान भइरहेको छ ।

बलिङमा शानदार लयमा रहेका शेर मल्ल र रुबेन ट्रम्पलमन घातक साबित हुन सक्छन् । शेर मल्लले ९ खेलमा १४ विकेट तथा ट्रम्पलमनले १२ विकेट लिएका छन् । शेर प्रतियोगिताकै तेस्रो सर्वाधिक विकेट टेकर हुन् । यी दुईले मिलेर विपक्षीलाई सुरुवातदेखि नै समस्यामा पार्दै आएका छन् ।

खेल : सुदूरपश्चिम रोयल्स भर्सेस् लुम्बिनी लायन्स (फाइनल)
समय : दिउँसो ३:३० बजे
मौसम : सफा, बेलुका डिउको सम्भावना

सम्भावित ११

सुदूरपश्चिम रोयल्स : विनोद भण्डारी, मुख्तार अहमद/पुनीत मेहरा, शेल्डन ज्याक्सन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी, मिलन बोहरा

लुम्बिनी लायन्स : डार्शी शर्ट, दिनेश अधिकारी, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्‍वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More