― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsजापानमा बढ्यो भालुको आक्रमण, सुपरमार्केटमै पसेर गर्न थाले तोडफोड

जापानमा बढ्यो भालुको आक्रमण, सुपरमार्केटमै पसेर गर्न थाले तोडफोड


राष्ट्रिय

समाचार.

  • जापानको नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्कमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त भएको छ।
  • गत अप्रिलदेखि जापानमा भालुको आक्रमणबाट १३ जनाको मृत्यु भएको र भालुहरूले घर र विद्यालय नजिकै तोडफोड गर्ने घटनाहरू नियमित रूपमा भएका छन्।
  • जापान सरकारले भालुको आक्रमण बढेको कारणले थप सतर्कता अपनाइरहेको र वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र बढ्दो भालु सङ्ख्याले आक्रमण बढी भएको बताएका छन्।

२६ मंसिर, टोकियो ।  जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ ।

गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ ।

नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई उदृत गर्दै एएफपीले आइतबार दुईवटा स्थानमा भालु देखिएको रिपोर्ट प्राप्त गरे देखि हरेक दिन भालुहरूको खुट्टाको छाप छ कि छैन भनेर जाँच गर्न गस्ती गरिरहेको जनाएकी छन् ।

भालुहरू सामान्यतया जाडोमा सुरक्षित स्थानमा लुक्ने गरेकोमा यस महिनाको सुरुमा भने यस क्षेत्रमा एक व्यक्तिलाई आफ्नै घर नजिकै हिउँ सफा गर्दा आक्रमण गरेको जनाइएको छ ।

जापान सरकारले आक्रमणमा भएको वृद्धिलाई सामना गर्न थप सतर्कता अपनाइरहेको छ, भने वैज्ञानिकहरूले घट्दो मानव जनसङ्ख्या र द्रुत गतिमा बढिरहेको भालुहरूको सङ्ख्याले आक्रमण बढी रहेको बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More