― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsवीरगञ्ज कारागारका एक कैदीबन्दीको मृत्यु – KhabarHost

वीरगञ्ज कारागारका एक कैदीबन्दीको मृत्यु – KhabarHost



२६ मंसिर, वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।

वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार उपचारका क्रममा सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको हो ।

‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो,’ उनले भने ।

महतोमाथि सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More