― Advertisement ―

‘केही सृजनात्मक जागिरहरू हराउनेछन्, तर सायद तिनीहरू त्यहाँ पहिलो स्थानमा हुनुहुँदैन थियो’ – पूर्व ओपनएआई सीटीओ मीरा मुराती द्वारा दिनको उद्धरण

मेसिनले एक दिन कार्यस्थलमा मानिसको स्थान लिनेछन् भन्ने भविष्यवाणी दशकौंदेखि गरिएको छ। तर त्यहाँ एक बढ्दो अनुभूति छ कि, जेनेरेटिभ एआईले केही हदसम्म मानवीय...
HomeLatest newsमहिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा

महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा


राष्ट्रिय

समाचार.

  • नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ र केही दिनमा नेपाल आइपुग्नेछ।
  • महिला टी-२० विश्वकपको ग्लोबल छनोट सन् २०२६ को जनवरीमा नेपालमै हुने भएकाले नयाँ विदेशी प्रशिक्षक नियुक्त गर्ने तयारी भइरहेको छ।
  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले घरेलु मैदानको फाइदा उठाउनुपर्ने र महिलाको फ्रेन्चाइज लिग वा प्रतियोगिता गर्न वातावरण बनाइरहेको जानकारी दिनुभयो।

२६ मंसिर, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक केही दिनमा घोषणा भएर नेपाल नै आइपुग्ने बताएका हुन् ।

‘सेलेक्सन कमिटीबाट छनोट भइसक्नुभएको छ, अबको एक सातामा नेपाल नै आइपुग्नुहुन्छ भन्ने जानकारी मलाई आएको छ’ अनलाइनखबरसँगको कुराकानीमा चन्दले भने ।

आसन्न महिला टी-२० विश्वकपको ग्लोबल छनोटअघि नयाँ विदेशी प्रशिक्षक नियुक्त गर्ने हिसाबले आवेदन खुलाएको थियो । आवेदनमा माग भएअनुसार ईसीबी वा सीए लेभल-३ वा सो सरहको प्रमाणपत्र भएको र कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेट प्रशिक्षण अनुभव भएको प्रशिक्षक नै नियुक्त भएको अनुमान गरिएको छ ।

महिला टी-२० विश्वकपको ग्लोबल छनोट सन् २०२६ को जनवरीमा नेपालमै हुँदैछ । त्यसका लागि महिला टोलीको प्रशिक्षक क्याम्प पनि सुरु भइसकेको छ ।

चन्दले घरेलु मैदानमा फाइदा उठाउनुपर्ने कुरामा पनि जोड दिए । ‘३ वटा टेस्ट टोली र ७ वटा एसोसियट छन् । घरेलु मैदानमै हुँदैछ, फाइदा उठाउन सक्नुपर्छ’ चन्दले भने ।

साथै चन्दले महिलाको फ्रेन्चाइज लिग वा कुनै प्रतियोगिता गर्नुपर्छ भन्ने वातावरण बनाइरहेको पनि जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More