― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsओलीलाई पाण्डेले भने- आफ्नै विचारमा उभिनुस्, बखेडा नझिकौं

ओलीलाई पाण्डेले भने- आफ्नै विचारमा उभिनुस्, बखेडा नझिकौं



२६ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने बताएका छन् ।

शुक्रबार इतर पक्षले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामी यो व्यवस्थालाई पुनव्यवस्थित बनाउन चाहन्छौं । त्यसका लागि दुई पटक भन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था पार्टीभित्र र विधानमा गर्नुपर्छ । यसको लडाईं हामीले गरिरहेका छौं,’ पाण्डेले भने ।

साथै, उनले विद्या भण्डारीलाई सदस्यता दिने विषयमा पनि ओलीले पहिला र अहिले फरक फरक विचार अघि सारेको भन्दै आपत्ति जनाए ।

‘त्यसैगरी कमरेड विद्या भण्डारी राष्ट्रपति हुनुभयो । उहाँले आएर पार्टीको सदस्यता नवीकरण गर्नुभयो । स्वयं अध्यक्षले राष्ट्रपति भएको व्यक्ति सदस्य भएर पार्टीको सदस्य बन्न मिल्छ कि मिल्दैन भन्दा बन्न मिल्छ भनेर उहाँले तर्क पनि गर्नुभयो । त्यही कुरा अहिले आएर मिल्दैन भन्नुहुन्छ,’ पाण्डेको भनाइ छ ।

पाण्डेले एउटै विषयमा एउटै व्यक्तिले दुईथरी धारणा राखेको भन्दै अध्यक्ष ओलीलाई एउटै विचारमा अडिन पनि आग्रह गरे

‘एउटै विषयमा दुई वटा धारणा एउटै व्यक्तिले गर्छ भने त्यसलाई के भन्ने ? यो नैतिक प्रश्न हुन्छ कि हुँदैन ? एउटै व्यक्तिले एउटै विषयमा भिन्न भिन्न विचार राख्छ भने यो के हो ?,’ पाण्डेले भने, ‘अध्यक्ष कमरेड तपाईं आफैंले भनेको विचारमा उभिनुस् । दुई टर्म र पार्टी सदस्यताको विषयलाई बखेडाको विषय नबनाऔं ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More