― Advertisement ―

Surfshark भर्खरै वर्षको सबैभन्दा राम्रो सम्झौता छोड्यो – योजनाहरू 28 महिनाको सुरक्षाको लागि $ 50 भन्दा कमबाट सुरु हुन्छ

Surfshark ले TechRadar पाठकहरूलाई 88% सम्म छुटको विशेष छुट प्रदान गर्दैछ, जसमा थप 4 महिनाको सुरक्षा समावेश छ।यसको मतलब यो हो कि सर्फशार्कले प्रति...
HomeLatest newsबैतडी कांग्रेसबाट क्यान अध्यक्ष चतुरबहादुर चन्द सिफारिस

बैतडी कांग्रेसबाट क्यान अध्यक्ष चतुरबहादुर चन्द सिफारिस


राष्ट्रिय

समाचार.

  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द कांग्रेसबाट बैतडी जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्।
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमति नभएपछि ७३ मतदाताबीच मतदान प्रक्रियाबाट उम्मेदवार चयन गरिएको हो।
  • चन्दले ७३ मत प्राप्त गरी शतप्रतिशत भोट पाएका छन् भने अन्य उम्मेदवारले कम मत पाएका छन्।

२५ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) चतुर बहादुर चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस बैतडी जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् ।

पार्टीको केन्द्रको परिपत्र अनुसार उम्मेदवारमा सहमति नभएपछि मतदान प्रक्रियामार्फत उम्मेदवार चयन गरिएको हो । जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसका लागि एक महिलासहित तीन जनालाई मत दिनुपर्ने व्यवस्था थिए । महिलामा जानकी भट्टको मात्र दाबेदारी परेपछि उनी स्वत सिफारिसमा परेकी छन् ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सहमति नभएपछि उम्मेदवारका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधिहरूमध्ये ७३ जनाले मतदान गरेका थिए ।

गोप्य मतदानमार्फत खसेको मतमा क्यान अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्दले ७३ मत ल्याएर शतप्रतिशत भोट प्राप्त गरे । यस्तै विष्णुदत्त जोशीले ४५ मत प्राप्त गरे ।

यसैगरी जिल्ला महाधिवेशन प्रतिनिधि रहेका उत्तरबहादुर ऐरले ६ मत पाए भने जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४, प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत प्राप्त गरे । पूर्व मन्त्री एवमं पूर्व जिल्ला पार्टी सहभापति समेत रहेका नरबहादुर चन्दले कुनै मत पाएनन् ।

कांग्रेस बैतडी जिल्लाबाट सहमतिको लामो प्रयास गर्दा पनि आकाँक्षीहरुबीच सहमति हुन नसकेपछि मत नेपाल शिक्षक संघ बैतडी जिल्लाको रोहबरमा केन्द्रको निर्देशनअनुसार मतदान गरिएको थियो ।





Read More