― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsलुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ – KhabarHost

लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ – KhabarHost


गोली प्रहार भएको हमार थारु रेष्टुरेन्ट ।



धनगढी । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

डिल्लीबहादुर चौधरीले पनि अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै महाविर आफ्नो सहोदर भाइ भएको जानकारी दिँदै उनी पक्राउ परेको सुनेको जानकारी दिए ।

बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो । घाइते अवस्थामा चौधरीलाई उपचारका लागि नेपालगन्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । घटनास्थलमा रहेका महाविर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी छ ।

चौधरी रेष्टुरेन्टका सञ्चालक रामकुमारी चौधरीका श्रीमान् बुद्धिप्रसादले सञ्चालन गर्ने पोल्टी फार्ममा काम गर्दै आएका थिए । यो घटनामा प्रहरीले यसअघि नै उनीहरू दुवै श्रीमान् श्रीमती र छोरा राहुल चौधरीलाई पक्राउ गरिसकेको छ ।

कैलालीबाट पक्राउ परेका महावीर चौधरी निरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More