― Advertisement ―

HomeLatest newsच्याम्पियन्स लिगमा आर्सनलको लगातार छैटौं जित – KhabarHost

च्याम्पियन्स लिगमा आर्सनलको लगातार छैटौं जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा लगातार छैटौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ।
  • आर्सनलले क्लब ब्रुगलाई ३-० गोलअन्तरले हराएको छ जसमा नोनी माडुएकेले दुई र गाब्रियल मार्टिनेलीले एक गोल गरे।
  • आर्सनल १८ अंकसहित शीर्षस्थानमा रहेको छ भने ब्रुग ४ अंकसहित ३१औं स्थानमा छ।

२५ मंसिर, काठमाडौं । इंग्लिस क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायमै राखेको छ । आर्सनलले लगातार छैटौं निकाल्ने क्रममा गएराति भएको खेलमा क्लब ब्रुगलाई ३-० गोलअन्तरले हरायो ।

आर्सनलको जितमा नोनी माडुएकेले दुई गोल गर्दा गाब्रियल मार्टिनेलीले एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको २५औं मिनेटमा माडुएकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४७औं मिनेटमा उनैले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा मार्टिनेलीले गोल गरेपछि आर्सनल ३-० ले विजयी भयो ।

लगातार ६ खेल जितेपछि आर्सनल १८ अंकसहित शीर्षस्थानमा कायमै छ । ब्रूग भने ४ अंकसहित ३१औं स्थानमा छ ।

गएराति नै भएको अन्य खेलमा कोपनहेगनले भिल्लारियललाई ३-२ ले हराउँदा अयाक्सले काराबागलाई ४-२ गोलअन्तरले हरायो ।

न्युकासल र बायर लेभरकुसनले २-२ को बराबरी खेल्दा बेनफिकाले नापोलीलाई २-० ले हरायो । पीएसजी एथ्लेटिक क्लबसँग गोलरहित बराबरीमा रोकियो ।

युभेन्ट्सले पाफोसलाई २-० ले हराउँदा डर्टमुन्ड र बोडो गिम्ट २-२ को बराबरी खेले ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More