― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest newsचेपाङ विद्यार्थीले बनाएको नानो स्याटेलाइट चीनबाट प्रक्षेपण

चेपाङ विद्यार्थीले बनाएको नानो स्याटेलाइट चीनबाट प्रक्षेपण



२४ मंसिर, काठमाडौं । चेपाङ विद्यार्थीहरुले बनाएको भूउपग्रह (स्याटेलाइट) चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यो स्याटेलाइट बिहान पौने दस बजे प्रक्षेपण गरिएको हो ।

उक्त स्याटेलाइट अहिले अन्तरिक्ष पुगिसकेको प्रोजेक्ट म्यानेजर रिसभ अधिकारीले जानकारी दिए । ‘अन्तरीक्ष पुगिसक्यो । अब १२ बजे त्योसँग अनलाइन कनेक्सन हुन्छ । त्यसको लागि नास्टको ग्राउन्ड स्टेसनमा हामी पुग्दैछौँ । अनलाइन कनेक्सनमा आएपछि हामीले प्रारम्भिक सफलता हात पारेको मानिन्छ,’ अधिकारीले अनलाइनखबरसँग भने ।

एक किलो २० ग्राम तौलको यो ट्युब आकारको नानो स्याटेलाइटमा दुईवटा उच्च क्षमताका क्यामेरा जडान गरिएको छ । यी क्यामेराले नेपालको वनस्पति आवरण र जलस्रोतको वास्तविक समयको तस्वीर तथा डेटा संकलन गर्नसक्छन् ।

स्याटेलाइटको अर्को महत्त्वपूर्ण विशेषता भनेको भूकम्पको पूर्वसूचना प्रणाली हो । भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरङ्गहरू मापन गरी पूर्वसूचना दिने प्रविधि यसमा समावेश गरिएको प्रोजेक्ट म्यानेजर अधिकारीले बताए ।

साथै, स्याटेलाइटमा विद्युतीय चुम्बकीय प्रणाली (इलेक्ट्रोम्याग्नेट) जडान गरिएको छ, जसले पृथ्वीबाटै स्याटेलाइटको गति रोक्न र कक्ष परिवर्तन गर्नसक्छ ।

मूल योजना अनुसार यो स्याटेलाइट कम्तीमा ५ वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको थियो। तर, हाल सूर्यको २५औँ सौर्य चक्र (सोलार साइकल) आफ्नो उच्चतम बिन्दु (सोलार म्याक्सिमम) मा पुगेकाले सौर्य विकिरणको तीव्रता अत्यधिक रहने अनुमान छ । यसले स्याटेलाइटको कक्षीय आयु (अर्बाइटल लाइफटाइम) छोट्याउने जोखिम रहेकोले अब कम्तीमा डेढ वर्षसम्म मात्र सञ्चालन हुने प्रक्षेपण टोलीको अनुमान छ । यो परियोजना एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । परियोजनामा चितवनका चेपाङ समुदायका बालबालिकालाई पनि संलग्न गराइएको थियो ।

स्याटेलाइटबाट प्रसारित सबै डेटा विश्वभरका वैध एमेच्योर रेडियो फ्रिक्वेन्सी लाइसेन्सधारी व्यक्ति तथा संस्थाले निःशुल्क प्राप्त गर्न र उपयोग गर्न सक्नेछन् । ‘स्लिपर्स टु स्याट’ नेपालबाट निजी क्षेत्रको समन्वयमा बनाइएको तेस्रो स्याटेलाइट हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More