राष्ट्रिय
समाचार.
- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको छ।
- ब्रुनो फर्नान्डेसले दुई गोल गर्दै युनाइटेडको जितमा मुख्य भूमिका खेलेका थिए।
- जितपछि युनाइटेड १५ खेलमा २५ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।
२३ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्समाथि सहज जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले वुल्भ्सलाई उसैको मैदानमा ४-१ गोलअन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले २ गोल गर्दा ब्रायन एम्बेउमो र मेसन माउन्टले १-१ गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा युनाइटेडले ३ गोल थपेको थियो ।
खेलको २५औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा जिन रिक्नर बेलेगार्डले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
५१औं मिनेटमा एम्बेउमोले गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । ६२औं मिनेटमा माउन्टले गोल गरेपछि युनाइटेड ३-१ ले अगाडि बढ्यो ।
खेलको ८१औं मिनेटमा ह्यान्डबलको अपिलपछि भीएआर चेकमार्फत युनाइटेडले पेनाल्टी पायो । ८२औं मिनेटमा फर्नान्डेसले पेनाल्टीलाई गोलमा परिणत गर्दै ४-१ को जित दिलाए ।
जितपछि १५ खेलमा २५ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । पराजित वुल्भ्स २ अंक मात्र जोडेर पुछारमा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

