― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsदाङको लमहीमा होटल सञ्चालक मृत भेटिए – KhabarHost

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए – KhabarHost



दाङ । दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो,’ इन्सपेक्टर पाण्डेले भने ।

घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने उनले बताए । ‘कोठा भित्रबाट लक थियो । त्यसैले सुसाइड हो कि जस्तो देखिन्छ,’ इन्सपेक्टर पाण्डेले भने, ‘मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं ।’





Read More