― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsपूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष

पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष


राष्ट्रिय

समाचार.

  • कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
  • परियारले विद्यालय प्रधानाध्यापक परबहादुर थापालाई टेलिफोन गरी अध्यक्ष बन्ने इच्छा व्यक्त गरेका थिए।
  • अध्यक्ष पदका लागि ६ जना आकांक्षी थिए, तर परियारको आकांक्षा व्यक्त गरेपछि अरु पछि हटेका हुन्।

हुम्ला । अदानचुली गाउँपालिका‐१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार चयन भएका छन् ।

व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना आकांक्षी थिए । पूर्वमन्त्री परियारले समेत अध्यक्षमा आकांक्षा राखेपछि अरु पछि हटेका हुन् ।

जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले व्यवस्थापन समितिको अध्यक्षमा मन्त्री परियारले आफू अध्यक्ष बन्ने इच्छा राखेपछि सर्वसम्मत चयन भएको जानकारी दिए ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेका परियारले प्रधानाध्यापक थापालाई टेलिफोन गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन चाहेको बताएका थिए ।

तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More