― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsचाँदीको भाउ बढ्यो, सुन घट्यो – KhabarHost

चाँदीको भाउ बढ्यो, सुन घट्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सयले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य बुधबार ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो जुन हालसम्मकै उच्च हो।

२१ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा यो मूल्य २ सयले कम हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदीको बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।





Read More