― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsगुल्मीमा पुरुषको शव फेला – KhabarHost

गुल्मीमा पुरुषको शव फेला – KhabarHost



२० मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४, मोत्तियारस्थित पनाहा खोलामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३४–३५ वर्ष उमेरका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

फेला परेको शवको सेतो–हरियो रंगको चेकदार सर्ट, माथि ‘नाइक’ लेखिएको कालो ज्याकेट तथा कालो पाइन्ट लगाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताए ।

हालसम्म मृतकको पहिचान खुलेको छैन । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेको छ ।

मृतकको पहिचान तथा घटनाका वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए  ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More