― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsपुटिनलाई मोदीको आग्रह – रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिनुहोस्

पुटिनलाई मोदीको आग्रह – रूसी सेनामा कार्यरत भारतीय युवा सुरक्षित फर्काइदिनुहोस्


राष्ट्रिय

समाचार.

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा रूसी सेनामा भर्ती भएका भारतीयहरूको सुरक्षित फिर्तीको माग गरे ।
  • कम्तीमा ४४ जना भारतीयहरू रूसी सेनामा फसेका छन् भने नेपाली युवाहरू पनि त्यहाँ भर्ती भएका छन्।
  • भारत र रूसबीच १९ वटा सम्झौतामा हस्ताक्षर भएको छ जसको उद्देश्य व्यापार वृद्धि र विभिन्न क्षेत्रहरूमा सहयोग गर्नु हो।

२१ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा रूसी सेनामा भर्ती भएका भारतीयहरूको मुद्दा उठाएका छन् । उनले पुटिनसँग रूसी सेनामा भर्ती भएका भारतीयहरूको सुरक्षित फिर्तीको माग गरेका हुन् ।

भारतको विदेश मन्त्रालयका अनुसार कम्तीमा ४४ जना भारतीयहरू रूसी सेनामा फसेका छन् । भारतीयहरू जस्तै नेपाली युवाहरू पनि रूसी सेनामा भर्ती भएका छन् ।

भारत भ्रमणमा रहेका पुटिन र मोदीले लगभग २४ घण्टाको अन्तरालमा ३ पटक भेटवार्ता गरे । दुई नेताले सँगै निजी रात्रिभोज, द्विपक्षीय वार्ता, संयुक्त पत्रकार सम्मेलन र भारत-रूस व्यापार मञ्चको बैठकलाई सम्बोधन गरेका छन् ।

यद्यपि, यो भेटका क्रममा दुई देशबीच कुनै ठूलो रक्षा सम्झौताको घोषणा भएन। यसअघि धेरै रिपोर्टहरूमा भारत-रूसबीच कुनै लडाकू विमान वा ठूलो रक्षा सम्झौता हुने कुरा गरिएको थियो।
भारत र रूसबीच १९ वटा सम्झौतामा हस्ताक्षर भएको छ। यसको उद्देश्य भारत-रूस व्यापार बढाउनु हो।

भारत-रूसबीच जहाज निर्माण, भारतीय सेनाहरूलाई हिउँले ढाकिएका (ध्रुवीय क्षेत्रका) समुद्री क्षेत्रहरूमा जहाज चलाउने तालिम, नयाँ शिपिङ लेनमा लगानी, सिभिल आणविक ऊर्जा र महत्त्वपूर्ण खनिजहरू बारे सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More