― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsबालुवाटार बैठक- चुनावमै अर्जुनदृष्टि लगाइयोस् : दलहरू, आतुर छौं : प्रधानमन्त्री –...

बालुवाटार बैठक- चुनावमै अर्जुनदृष्टि लगाइयोस् : दलहरू, आतुर छौं : प्रधानमन्त्री – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहित सर्वपक्षीय बैठक भएको छ।
  • बैठकमा सबै दलले सरकारलाई चुनावमै केन्द्रित हुन आग्रह गरेका छन् र शान्तिसुरक्षाको वातावरण बनाउन सुझाव दिएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन तत्परता व्यक्त गर्दै सहयोगको अपिल गर्नुभएको छ।

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठक सकिएको छ ।

शुक्रबार साँझ निर्वाचन अयाोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार, दलका प्रतिनिधिहरूले सरकारलाई चुनावमा नै केन्द्रित हुन आग्रह गरिएको छ ।

वर्तमान सरकार सामान्य परिस्थितिमा निर्माण नभएको भन्दै उनीहरूले अहिले चुनावमा मात्रै केन्द्रित हुन आग्रह गरिएको छ ।

‘राजनीतिक दलहरूले सरकारलाई प्रष्ट रुपमा, यो चुनावी सरकार हो । चुनावमै अर्जुनदृष्टि लगाउनुपर्‍यो, जसरी अर्जुनले आफ्नो वाण सोझ्याएका थिए,’ नेता ज्वालाले भने, ‘यो सरकारले यताउता ध्यान दिने काम गर्न भएन । चुनावमा केन्द्रित होस् । शान्तिसुरक्षाको वातावरण अझै बनाउनेगरी अघि बढोस् भन्ने सुझाव दिएका छौं ।’

केही आशंकाकाबीच केही दलहरूले निर्वाचनमा जान तत्पर रहेको जानकारी गराएको उनले बताए ।

सो क्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि सहयोग गर्न तयार रहेको बताइन् ।

‘हामीलाई सहयोग गर्नुस् । हामी निर्वाचन गराउन तत्पर छौं । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै ज्वालाले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More