― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsसमानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान

समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान



१९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

शुक्रबार सूचना निकालेर आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो ।

दल दर्ताका लागि यही मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्मको समय दिइएको छ ।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दल प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्नेछ ।

प्रत्यक्षतर्फ निर्वाच्न प्रयोजनका लागि ११७ वटा दल दर्ता भएका छन् ।

राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी अधिकार प्रदान गरेको पदाधिकारीले हस्ताक्षर गरिदिनुपर्ने हुन्छ ।

एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग–अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग(अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ ।

राजनीतिक दलले निवेदन दिँदा सम्बन्धित निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि संलग्न राख्नुपर्नेछ ।

उम्मेदवारको बन्द सूची पेस नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक पर्ने छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More