― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsला लिगामा लगातार तीन बराबरीपछि रियल मड्रिडको जित – KhabarHost

ला लिगामा लगातार तीन बराबरीपछि रियल मड्रिडको जित – KhabarHost



१८ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित हासिल गरेको छ । यसअघि लगातार तीन बराबरी खेलेको रियलले गएराति एथ्लेटिक क्लबलाई उसैको मैदानमा ३-० गोलअन्तरले पराजित गरेको हो ।

रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एडुअर्डो कामाभिङ्गाले एक गोल गरे ।

खेलको सातौं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा कामाभिङ्गाले गोल गरेपछि रियल पहिलो हाफमा २-० ले अगाडि रह्यो ।

दोस्रो हाफको ५९औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै रियलको ३-० को जित पक्का गरे ।

जितपछि रियल १५ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पराजित एथ्लेटिक क्लब २० अंकसहित आठौं स्थानमा छ ।

शीर्षस्थानको बार्सिलोना रियलभन्दा एक अंक अघि छ । रियलले यसअघि लगातार तीन बराबरी खेल्दा बार्सिलोनाले लगातार जित हासिल गर्दै रियललाई उछिनेर शीर्षमा पुगेको थियो ।





Read More