― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsराजकुमार शर्मालाई सांसद पदबाट हटाउन कर्णाली संसदीय दलको सिफारिस

राजकुमार शर्मालाई सांसद पदबाट हटाउन कर्णाली संसदीय दलको सिफारिस



१७ मंसिर, काठमाडौं । माओवादी प्रदेश संसदीय दलको नेताबाट आज बिहान मात्रै राजीनामा दिएका राजकुमार शर्मालाई प्रदेश सभा सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको जानकारी दिए ।

‘प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने आजको बैठकले निर्णय गरेको छ,’ उनले भने ।

शर्माले दिएको राजीनामा पनि स्वीकृत भइसकेको छ । संसदीय दलको बैठकले छिट्टै दलको नेता तोक्ने निर्णय गरेको छ ।

नेता शर्माले दलका सचेतक जिसीलाई सम्बोधन गरेर उनकै ह्वाट्स एपमा राजीनामा पठाएका थिए । उनले राजीनामा दिनको कारण भने खुलाएका छैनन् । ‘म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँद छु,’ शर्माले राजीनामा पत्रमा लेखेका छन् ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत हरेका शर्मा रुकुम पश्चिम (ख)बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी जनार्दन शर्माका भाइ नाता पर्छन् ।

पछिल्लो समय प्रचण्डको साथ छोडेका जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि उनले दलको नेताबाट राजीनामा दिएको माओवादीका एक सांसदले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More