― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsकर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण – KhabarHost

कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण – KhabarHost



१७ मंसिर, सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दल प्रदेश सभामा एकीकरण भएको छ । बुधबार माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको एकता बैठकले दल एकीकरण गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले नेपाली कमयुनिष्ट पार्टी प्रदेश सभा दल एकीकरण गर्ने निर्णय गरेको छ । उक्त पार्टी एकीकरणको निर्णय कर्णाली प्रदेश सभा सचिवालयलाई लिखित रूपमा जानकारी निर्णयसमेत भएको जिसीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको विधान समेत पारित गरेको छ । विधानको नाम ‘नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सभा दलको विधान‐२०८२, रहनेगरी पारित गरिएको सांसद जिसीले बताए ।

नेता शर्मा पार्टीको एकता प्रक्रियामा सामेल नभएको, माओवादी संसदीय दलको बैठक नबोलाएको, बैठक आह्वान गर्दा पनि सहभागी नभएको र कुनै अर्को दलको केन्द्रीय समितिमा समेत नाम देखिएकाले कारबाहीका लागी सिफारिस गरिएको जिसीले बताए ।

‘उहाँले आज दलको नेताबाट राजीनामा दिनुको कुनै औचित्य छैन । दल एकीकरण भएपछि उहाँ स्वत: भूमिका विहीन हुनुहुन्थ्यो,’ जिसीले अनलाइनखबरसँग भने ।

प्रदेश संसदीय दलको पदाधिकारी चयन भने थप छलफल गरेर अर्को बैठकले गर्ने सांसद जिसीले बताए । अन्तरिम समयको लागी साबिकको माओवादी केन्द्रका प्रमुख सचेतकको हैसियतले कृष्णबहादुर जिसीलाई सम्पर्क व्यक्ति तोक्ने बैठकले निर्णय गरेको छ ।

जिसीलाई बैठकका निर्णयहरू जानकारी गराउने, समन्वय गर्ने, दलका कामहरूको आवश्यक समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More