― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsकन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते



१७ मंसिर, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखेको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल गएराति करिब ११ बजेर ४० मिनेटमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई मंगलबार मध्यराति १२ बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सो दुर्घटनामा लमजुङको बेसीशहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन् । उनको बायाँ खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको मकवानपुरमा उपचार भइरहेको छ ।

दुर्घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट ट्राफिकसहितको टोली खटिएको थियो । प्रारम्भिक उद्धारपछि घाइतेहरूलाई अस्पताल पठाइएको थियो ।

कन्टेनर चालक पर्साको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली राम राति १ बजेतिर प्रहरीको सम्पर्कमा आएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।





Read More