― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsशिक्षा मन्त्रालयले जेनजी आन्दोलनमा जलेका सामग्री लिलाममा बिक्री गर्ने

शिक्षा मन्त्रालयले जेनजी आन्दोलनमा जलेका सामग्री लिलाममा बिक्री गर्ने


राष्ट्रिय

समाचार.

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा जलेर अवशेष भएका सामग्री तीन दिनभित्र लिलाम बिक्री गर्ने सूचना जारी गरेको छ।
  • मन्त्रालयले १ हजार ९५५ रूपैयाँ नगद धरौटीसहित निवेदन दिन आह्वान गरेको छ र लिलाम बढाबढ मूल्य ३९ हजार ८८ रूपैयाँ तोकेको छ।
  • फलाम १२१६.५ केजी, कम्प्युटर मनिटरलगायत ११७ केजी र कचरा ८४.४५ केजी सामग्री लिलाम बिक्रीका लागि राखिएको छ।

१४ मंसिर, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा जलेर अवशेषको रुपमा रहेका सामग्री लिलाममा बिक्री गर्ने भएको छ।

मन्त्रालयले तीन दिनभित्र १ हजार ९५५ रूपैयाँ नगद धरौटीसहित निवेदन दिनु सूचना जारी गरेको छ।

‘जेनजी समूहको आन्दोलनबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको आगजनीबाट जलेर नष्ट भई अवशेषको रुपमा रहेका फलामका एवं स्टिललगायतका पत्रु सामानहरु तथा तोडफोडबाट भएको मेशिनरी तथा फर्निचरका सामानहरु जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। मन्त्रालयले लिलाम बढाबढ आह्वान गरेको हो।

फलाम १२१६.५ केजी, कम्प्युटर मनिटरलगायतका ११७ केजी र कचरा ८४.४५ केजी लिलामी बिक्रीका लागि मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले लिलाम बढाबढ हुने मूल्य ३९ हजार ८८ रूपैयाँ तोकेको छ ।

हेर्नुहोस् शिक्षा मन्त्रालयको सूचना :

 





Read More