― Advertisement ―

HomeLatest newsविराटनगरमा आगजनी गर्ने ५ पक्राउ – KhabarHost

विराटनगरमा आगजनी गर्ने ५ पक्राउ – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी आन्दोलनका क्रममा २४ भदौमा विराटनगरका सरकारी कार्यालय आगजनी गरेको आरोपमा ताजिम अन्सारी पक्राउ परेका छन्।
  • अन्सारी नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता हुन् र उनले सरकारी कार्यालयमा तोडफोड र आगजनीमा संलग्नता स्वीकारेका छन्।
  • मोरङ प्रहरीले राजिव यादव, अरुण साह सोनार, महेश नेपाल, आवाज पौडेलसहित २३ भन्दा बढीलाई तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

१४ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरका सरकारी कार्यालय आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेता ताजिम अन्सारी पनि छन् ।

अमनलाल मोदी सामान्य प्रशासन मन्त्री हुँदा उनी स्वकीय सचिव थिए ।

गत २४ भदौमा अन्सारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनीमा उनी संलग्न रहेको प्रहरीले बताएको छ । सरकारी कार्यालय आगजनी र तोडफोड गर्दै गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।

तोडफोड र आगजनीमा संलग्न भएको देखिएपछि अन्सारीलाई विराटनगरबाट पक्राउ गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए । उनका अनुसार अन्सारी विराटनगर बजारबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार तोडफोड र आगजनीमा संलग्नहरु राजिव यादव, अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पनि पक्राउ परेका छन् ।

प्रहरी  आइतबार रंगेलीबाट पनि तीन जनालाई पक्राउ गरेको थियो । मोरङ प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा यसअघि २३ जनालाई पक्राउ गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More