राष्ट्रिय
समाचार.
- नेकपा एमालेको एघारौं महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ जिल्लामा १९० प्रतिनिधि सर्वसम्मत र चुनावी प्रतिस्पर्धाबाट चयन भएका छन्।
- रुपन्देही, दाङ, पाल्पा, कपिलवस्तु, बाँके, बर्दिया, गुल्मी, रुकुम पूर्व लगायत जिल्लाबाट निर्विरोध र मतदानबाट प्रतिनिधि चयन भएका छन्।
- एमालेको लुम्बिनी प्रदेश कमिटीमा संस्थापन पक्ष र इश्वर पोखरेल पक्षबीच प्रतिनिधि छनोटमा विवाद र विभाजन देखिएको छ।
१४ मंसिर, बुटवल । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये केहीमा सर्वसम्मत र बाँकीमा चुनावी प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट भएका छन् ।
प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार, पूर्वी रुकुम, प्यूठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा निर्विरोध प्रतिनिधि चयन भएका हुन् । निर्विरोध चयन भयो भनिएको दाङ र बाँकेमा विवाद देखिएको छ । प्रतिनिधि छनोटको क्षेत्राधिकार मिचिएको उनीहरूको भनाइ छ ।
एमाले लुम्बिनीमा ८२ हजार १३५ सङ्गठित सदस्य छन् । तर मतदानमा ५० प्रतिशत पनि सहभागी भएनन् । एमाले केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर अनुसार लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवा तर्फ २६, दलित तर्फ १९, मजदुर तर्फ ७ र प्रदेश कमिटी तर्फ ५ जना गरी १ सय ९० जना प्रतिनिधि तोकिएको छ ।
रुपन्देही
एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माको गृह जिल्ला रहेको रुपन्देहीका ५ क्षेत्र मध्ये १, २ र ४ निर्वाचन क्षेत्रमा सर्वसम्मति हुन नसकेपछि मतदान भएको छ । रुपन्देही–३ र ५ मा निर्विरोध भएको छ ।
सचिव विश्वकर्माको निर्वाचन क्षेत्र रहेको रुपन्देही–१, बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल चयन भएका छन् ।
उपाध्यक्ष पौडेलको निर्वाचन क्षेत्र रहेको रुपन्देही–२, बाट खुल्लातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिला तर्फ ज्ञानु केसी, कल्पना थापा, बिमला श्रेष्ठ र युवा तर्फ बालकृष्ण पाण्डे निर्वाचित भएका छन् ।
यो क्षेत्रबाट पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका युवा नेता सुमन पुरी पराजित भएका छन् । संस्थापन पक्षका मदन भण्डारी स्पोर्टस् एकेडेमीका ध्रुव आचार्य पनि पराजित भएका छन् ।
रुपन्देही–३, बाट राजेन्द्र पन्थी, अयोध्या थारू, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा निर्विरोध भएका छन् ।
रुपन्देही–४, बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन् ।
रुपन्देही–५, बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।
जिफन्ट लुम्बिनी प्रदेशबाट खुला तर्फ हरि बहादुर कार्की, हुमाकान्त काफ्ले, सन्तोष के.सी., हुम बहादुर क्षेत्री र महिला तर्फ रन्जु भट्टराई, सरस्वती सुवेदी र मङ्गला जैसी निर्वाचित भएका छन् ।
दाङ
महासचिव शंकर पोखरेलको गृह जिल्ल दाङबाट २३ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार, खुलातर्फ १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना गरी २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन् ।
महिला तर्फ भने सीता चौधरी (क्षेत्र नं.१), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र सीता चौधरी (क्षेत्र नं २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा चयन भएकी छन् ।
दलित तर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन् ।
अर्घाखाँची
अर्घाखाँचीमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । निर्वाचन समिति अर्घाखाँचीका अनुसार ३ हजार ६५० मत मध्ये खुल्ला तर्फ पिताम्बर भुसाल ३ हजार १८७ मत सहित विजयी हुँदा घिमिरे १ हजार ९८० मत अन्तरले पछि परे ।
बसन्तकुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोख्रेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् ।
खुला तर्फ दीपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुषमा श्रेष्ठ २ हजार ८६३ मत सहित निर्वाचित भएका छन् । गीता भाट क्षेत्री १ हजार ११८ मतसहित पराजित भइन् ।
युवा तर्फ तेज बहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक र आशा परियार निर्विरोध चयन भएका छन् ।
पश्चिम नवलपरासी
नवल परासी–१ बाट दिपेन्द्र कुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन् ।
नवल परासी–२, बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सी प्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन् ।
पाल्पा
पाल्पा–१ बाट खेम बहादुर सारु, नारायण आचार्य, दमन सिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गा देवी राना, तिरण कुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन् ।
पाल्पा–२, बाट रामजी पोखरेल, ओम बहादुर घर्ती, धनेन्द्र राज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जिसी, लालबहादुर दर्लामी, तुलबहादुर अधिकारी, श्रीकृष्ण पान्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दीपक विश्वकर्मा (युवा), रन्जिव कुवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका एमाले प्रचार विभागका डिआर घिमिरेले जानकारी दिए ।
कपिलवस्तु
कपिलवस्तु–१, बाट डम्मर शर्मा, विश्राम प्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पान्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन् ।
कपिलवस्तु–२, बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन् ।
कपिलवस्तु–३, बाट अर्जुनकुमार केसी, गोपाल बहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन् । दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएका छन् ।
बाँके
बाँके–१, बाट बलराम भट्टराई, कुस्माखर बस्याल, बसन्ती अधिकारी, खेमराज शर्मा र सुधा चौधरी निर्वाचित भएका छन् । क्षेत्र नम्बर–२, बाट निरक गुरुङ, हलिम शाह, मोहित शाह र हिरा खराल निर्वाचित भएका छन् ।
बाँके–३, बाट रत्न खत्री, मानबहादुर रूचाल, एकमाया बिक, भूमिसरा धिताल, बिमल मल्ल र दलबहादुर सुनार निर्वाचित भएका छन् ।
बर्दिया
बर्दिया–१, बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्णा गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी निर्वाचित भएका छन् ।
बर्दिया–२, बाट घननारायण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोख्रेल र भरत धामी निर्वाचित भएका छन् । दलिततर्फ भुपेन्द्र सरला र विमला विक निर्वाचित भएका छन् ।
गुल्मी
गुल्मी–१, बाट बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल, राजमी ढकाल, शुशिला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र अर्जुन कनौजे निर्वाचित भएका छन् ।
गुल्मी–२, बाट हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर बिष्ट, रितबहादुर थापा, ललित गौतम, कमला शर्मा, सरिता खड्का, माधव बिष्ट निर्वाचित भएका छन् ।
दलिततर्फ रिता रम्तेल, सुर्य सोनि र कृष्ण सुनार निर्वाचित भएका छन् ।
रुकुम पूर्व
रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, गोपाल प्रसाद सुनार र लिलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन् ।
रोल्पामा प्रतिनिधि छनोटका लागि चुनाव भएको थियो । तर मत परिणाम आउन बाँकी छ ।
विगतमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाममा जिल्ला तहका नेता–कार्यकर्ताहरू अलग–अलग समूह बनाएरै विभाजित बन्दै आएकोमा अहिले दुबै नेता एकै समूहमा रहेकाले विगतको समीकरणमा बदलाव आएको छ ।
निर्वाचित भएका ठाउँहरुमा अधिकांश संस्थापन पक्षमै देखिएपनि महाधिवेशनसम्म पुग्दा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पक्षका प्रतिनिधिहरुको तर्क छ ।
‘संस्थापन पक्षले शुरु देखि नै सबै हत्कण्डा प्रयोग गरेर नेतृत्व परिवर्तनको पक्षमा देखिएका र देखिन सक्नेलाई प्रतिनिधि बन्न रोक्ने रणनीति बनाएकाले तुलनात्मक रुपमा कम प्रतिनिधि निर्वाचित भएपनि उनीहरुले अपेक्षा गरेअनुसार सबै क्षेत्रमा कमजोर बनाउन सकेका छैनन्,’ इश्वर पोखरेल पक्षका एक प्रतिनिधिले भने, ‘जेन जी आन्दोलनपछि बदलिएको परिस्थितिमा पार्टीलाई रुपान्तरण गर्न, चुनावमा जनतामाझ सहज ढंगले जान पनि प्रतिनिधिहरुले केपी ओलीको विकल्प खोज्ने हाम्रो विश्वास छ ।’
एक जना पूर्व मन्त्री, पार्टीलाई ओरालो लाग्नबाट जोगाउन अहिले ओली पक्षबाट निर्वाचित प्रतिनिधिले विवेक प्रयोग गर्ने दावी गर्छन् ।
लुम्बिनी प्रदेश कमिटी, मजदुर, दाङ, पाल्पा, रुपन्देहीबाट अपेक्षा गरेभन्दा धेरै प्रतिनिधि आफ्नो पक्षमा आएको ईश्वर पक्षमा बोल्ने नेताहरूको आङ्कलन छ । संस्थापन पक्षमा असन्तुष्ट भएकाहरू पनि उपाध्यक्ष विष्णु पौडेलको पक्षमा रहेकाले ईश्वर पक्षमा कति खुले अझै पुष्टि नभएको उनीहरुको भनाइ छ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

