― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsखेलकुद मन्त्रालयमा हैन, प्रधानमन्त्री कार्यालयमै भनाभन भयो – KhabarHost

खेलकुद मन्त्रालयमा हैन, प्रधानमन्त्री कार्यालयमै भनाभन भयो – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेश संयोजक शिव यादवले मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा झडप नभएको स्पष्ट पारेका छन्।
  • झडप नभई प्रधानमन्त्री कार्यालयमा भेट्न नपाएपछि जितेन्द्र सिंहले चर्को स्वरमा बोलेका थिए।
  • यादवले चरित्र हत्या भएको भन्दै हातहाल भएको खबर पूर्णरूपमा गलत भएको बताए।

१४ मंसिर, काठमाडौं।सामाजिक सञ्जालमा मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा झडप भएको भनी समाचार फैलिएपछि द काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोज क शिव यादवले यसलाई पूर्णरूपमा गलत जानकारी भएको बताएका छन् ।

घटना युवा तथा खेलकुद मन्त्रालयका कारण नभई प्रधानमन्त्री कार्यालयभित्र भएको कुराले भनाभनसम्म भएको यादवले स्पष्ट पारे। उनले अनलाइनखबरसँग कुरा गर्दै खेलकुद मन्त्रालयमा कुनै हातहाल वा झडप नभएको बताएका हुन् ।

यादवका अनुसार, मंसिर ८ गते दिउँसो १ बजेदेखि प्रदेशका नेताहरू सरकारी नीतिसम्बन्धी ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगेका थिए । प्रधानमन्त्री व्यस्त हुँदा भेट्न नपाएपछि जितेन्द्र सिंह (जितेन्द्रप्रताप महतो) आक्रोशित भएर चर्को स्वरमा बोलेका थिए ।

‘त्यहाँ प्रधानमन्त्री कार्यालयमा भेट्न नपाएपछि होहल्ला गरेर फर्किनुभयो । यता म र बब्लुजी खेलकुद मन्त्रालयमा बसिरहेका थियौं,’ यादवले भने ।

यादवले बताएअनुसार, प्रधानमन्त्री कार्यालयबाट फर्केपछि जितेन्द्र सिंह खेलकुद मन्त्रालय पुगे । त्यहाँ उनले ‘हामीले बनाएको सरकार हामीलाई नै भेट्दैन’ भन्दै आक्रोश पाखे । अलि उत्तेजित भएर प्रस्तुत भए ।

त्यसपछि आफूले सिंहलाई प्रधानमन्त्री व्यस्त हुनसक्ने र त्यसकारण नभेटेको सम्भावनाबारे बताएको यादवले बताए ।

‘त्यहाँ केही पनि भएको छैन । हात हालाहाल भएको भन्ने एकदम गलत कुरा हो,’ यादवले भने, ‘यो चरित्र हत्या हो । हामी त्यहाँ रहेका तीनै पक्षले यो गलत हो भनेपछि अरुले के भने त्यो महत्वपूर्ण हैन । जे नभएको त्यो कुरा बाहिर आइरहेको छ ।’





Read More