फाइल तस्वीर
१४ मंसिर, काठमाडौं । चार लाख रुपैयाँसहित ललितपुरबाट जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–४ बडिखेलमा रमेश पहारीले सञ्चालन गरेको होटल तपेश्वर रिसोर्टमा जुवातास खेलेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति १४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट चार लाख ६ हजार १६५ रुपैयाँ, ४ बुक तास बरामद भएको छ ।

