― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsसुदूरपश्चिम लगातार ५ खेल जित्दै प्लेअफमा – KhabarHost

सुदूरपश्चिम लगातार ५ खेल जित्दै प्लेअफमा – KhabarHost


साविक उपविजेत सुदूरपश्चिम २ खेल बाँकी हुँदै प्लेअफमा पुग्दा विजेता जनकपुर भने लिग चरणबाटै बाहिरिने संघारमा छ ।


१३ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित हात पारेपछि साविक उपविजेता सुदूरपश्चिमले लिग चरणमा दुई खेल खेल्नु अगावै शीर्ष चारमा स्थान पक्का गर्दै प्लेअफमा स्थान बनाएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४  ओभरमा ४ विकेट गुमाएर १४८ रन बनाउँदै पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । विनोदले ४९ बलमा ४२ रन जोडे । यस्तै हर्मित सिंहले १० बलमा अविजित २५ रन बनाए ।

बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।

साविक विजेता जनकपुरको यो लगातार चौथो हार हो । लगातार हारपछि जनकपुर लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

अंकगणितीय झिनो सम्भावना कायम रहेपनि जनकपुरले प्लेअफ पुग्न आफ्नो बाँकी ३ खेल मात्र जितेर पुग्दै बाँकी टिमको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले सञ्जय कृष्णमूर्तिको अर्धशतकमा १४६ रनको लक्ष्य दिएको थियो ।

जनकपुरले ८ विकेट गुमाएर १४५ रन बनाएको हो । कृष्णमूर्तिले सर्वाधिक ५० रन बनाए । यस्तै जान लफ्टी इटनले ३९ रन जोडे । ३५-३ को अवस्थाबाट लफ्टी इटन र कृष्णमूर्तिले जनकपुरको इनिङ्स सम्हालेका थिए ।

सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुगेलेइनले ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।





Read More