― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsरास्वपाका नेताहरूसँग प्रधानमन्त्रीको छलफल – KhabarHost

रास्वपाका नेताहरूसँग प्रधानमन्त्रीको छलफल – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग छलफल गरेकी छन्।
  • प्रधानमन्त्री कार्कीले सरकार चुनाव गराउन प्रतिबद्ध रहेको र भयरहित, निष्पक्ष निर्वाचनका लागि तयारी भइरहेको बताएकी छन्।
  • रास्वपाका नेताहरूले निर्वाचनमा सहभागी हुने र सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेकी छन् ।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले रास्वपाका नेताहरूसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीसँगको छलफलका लागि रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र सोबिता गौतम शनिबार बालुवाटार पुगेका थिए ।

छलफलमा प्रधानमन्त्री कार्कीले सरकार चुनाव गराउन प्रतिबद्ध रहेको कुरा रास्वपा नेताहरूसँग राखेकी थिइन् ।

भयरहित, निष्पक्ष निर्वाचन गराउन सरकारले सबै किसिमले तयारी गरिरहेको प्रधानमन्त्री कार्कीले बताएको छलफलमा सहभागी एक रास्वपाले अनलाइनखबरलाई बताए ।

रास्वपा नेताहरूले पनि आफूहरू निर्वाचनमा सहभागी हुने बताउँदै सरकारलाई आवश्यक सहयोग गर्ने बताएका ती नेताले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय सबै दलका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरिरहेकी छन् ।

शनिबार नै प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई पनि छलफलका लागि बालुवाटार बोलाएकी छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More