― Advertisement ―

HomeLatest newsलुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै – KhabarHost

लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्दै – KhabarHost



१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै पोखरा एभेन्जर्सले ब्याटिङ गर्दैछ ।

सुरुवाती दुई खेलमा पराजित भएको पोखराले पछिल्लो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा फर्केको संकेत गरेको छ ।

लुम्बिनीले भने पहिलो खेल जितेपछि लगातार तीन खेलमा हार बेहोरिसकेको छ । त्यसैले आजको खेलमा त्यो हारको यात्रा ब्रेक गर्न चाहन्छ ।

लुम्बिनी र पोखराको समान २ अंक छ । तर, लुम्बिनीले चार खेल खेलिसक्दा पोखराले ३ खेल मात्र खेलेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More