― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsगोकर्ण विष्ट – KhabarHost

गोकर्ण विष्ट – KhabarHost


फाइल तस्वीर



१३ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले देशमा अहिले देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्न र पार्टीलाई थप गति, ऊर्जा र एकताका साथ जनताको विश्वास आर्जन गर्ने गरी बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘आदरणीय कमरेडहरू, तपाईंहरू आज हाम्रो पार्टीको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, ऊर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्ने गरी बलियो बनाउनु पर्नेछ ।’

उनले अगाडि लेखेका छन्, ‘यसका लागि समयको माग अनि आमजनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।’

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते हुँदैछ ।

महाधिवेशनका लागि आज एकैदिन देशभरि प्रतिनिधि चयन हुँदैछन् । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ ।





Read More