― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsकस्तो छ रास्वपा र विवेकशील साझाको एकता मोडल ? – KhabarHost

कस्तो छ रास्वपा र विवेकशील साझाको एकता मोडल ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीले मंसिर १४ गते काठमाडौंमा एकीकरण घोषणा गर्ने निर्णय गरेका छन्।
  • दुवै दलले वैकल्पिक शक्तिको रूपमा लोकतान्त्रिक चरित्रको पार्टी बन्ने लक्ष्य राख्दै पाँच चरणको संवादपछि एकता टुंगो लगाएका छन्।
  • विवेकशील साझाले आफ्नो विपत कोषमा रहेको ३३ लाख रुपैयाँ रास्वपालाई हस्तान्तरण गर्ने तयारी गरेको छ।

१२ मंसिर, काठमाडौं । वैकल्पिक शक्तिको रूपमा उभ्याउँदै आएका दुई शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) र विवेशकील साझा पार्टीबीच आइतबार एकीकरण हुँदैछ । उनीहरूबीच लोकतान्त्रिक चरित्रको शक्ति बन्ने योजना अनुसार ध्रुवीकरण भएको हो ।

२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको विवेकशील अभियान सुरु भएको थियो । २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो ।

हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रपक्षसँग एकता गरेसँगै दलको नाममा विवेकशील साझा पार्टी बनाइएको थियो ।

१३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझाले ४० महिना अघि जन्मिएको रास्वपासँग एकता गर्ने भएको छ ।

यी दुई दल एक अर्काप्रति आकर्षित भई एकताको बिन्दुमा कसरी पुगे ? यसका लागि दुबै पार्टीले अंगालेको नीति र दुई दलमा रहेका नेताहरूको सामिप्यतालाई जोडेर हेर्नुपर्ने हुन्छ ।

रास्वपाले गठन गरेको उच्चस्तरीय संवाद समितिको संयोजक डा. स्वर्णिम वाग्लेको विवेकशीलका संस्थापक दिवंगत उज्ज्वल थापासँगको निकटता बूढानीलकण्ठ स्कूलदेखि थियो । बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका स्वर्णिम र उज्ज्वलको सम्बन्ध नेपालदेखि अमेरिकासम्मै घनिष्ठ थियो ।

दुबै दलले एकले अर्कोलाई मित्रशक्तिका रूपमा परिभाषित गर्दै आएका थिए । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरू एकीकरण गर्ने नीति दुबै दलले बनाएका थिए ।

एकले अर्कालाई मित्र शक्तिको रुपमा परिभाषित गरेसँगै एकताका लागि दुबै पक्ष सकारात्मक बनेको दुबै दलका नेताहरूले जानकारी गराएका छन् ।

गत जेठको १८ गते विवेकशील साझाले संस्थापक उज्ज्वलको स्मृतिमा राखेको कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल सहभागी थिए ।

अर्यालले लिखित मन्तव्यमा विवेकशील साझासँग ध्रुवीकरण वा एकीकरणको प्रस्ताव राखे ।

उक्त प्रस्तावलाई विवेकशील साझाले सकरात्मक प्रस्तावका रूपमा ग्रहण गर्‍यो । दुई दल थप नजिक बनाउने अर्को जग विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले निर्माण गरे ।

रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागारमा रहेको बेला गत असार २५ मा उनलाई भेट्न कारागार पुगे ।

जेनजी आन्दोलनले दल गठन, एकता, विलय हुने क्रम ह्वात्तै बढ्यो । यसै क्रममा वैकल्पिक शक्तिहरूको एकता वा संवादका लागि ती दलहरूले कार्यदल गठन गरेर संवाद सुरु गरे ।

रास्वपाले उपसभापति डा. स्वर्णिम र विवेकशील साझाले उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा उच्चस्तरीय संवाद समिति बनाए ।

नयाँ शक्तिका रूपमा उभिएका दल, अभियन्ता लगायतसँग दुबै पक्षले संवाद सुरु गरे । दुबै पक्षले एकताका लागि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल गरेपनि मिलनबिन्दु पहिल्याउन भने सकेनन् । कुलमान छुट्टै अघि बढ्न खोजेपछि रास्वपा र विवेकशील साझाले संवाद भने टुटाएनन् ।

विवेकशील साझा पार्टीका उपाध्यक्ष एवं उक्त दलका वार्ता टोलीका संयोजक परियारका अनुसार पाँच चरणमा दुई पक्षमा संवाद गरेर एकताको टुंगो लागेको हो । रास्वपाबाट संवादमा उपसभापति स्वर्णिम, सहमहामन्त्री विपीन आचार्य र नेता शिशिर खनाल संलग्न थिए । विवेकशील साझाबाट उपाध्यक्ष परियार र महासचिव रञ्जु दर्शना सहभागी थिए ।

दुई दलबीच एकता गर्ने टुंगो लागेसँगै गत बुधबार विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बसेर एकतालाई अनुमोदन गर्‍यो ।

उपाध्यक्ष परियारका अनुसार उक्त बैठकमा ३५ मध्ये २५ जना केन्द्रीय सदस्य सहभागी थिए । बैठकमा ६ जना भर्चुअल सहभागी थिए ।

साथै, तीन जनाले लिखित सहमति गरेर एकताको पक्षमा उभिएका थिए । उक्त बैठकले वैकल्पिक राजनीतिक दलबीचमा ‘वृहत्तर ध्रुवीकरण/ एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको थियो । ‘सर्वसम्मत रूपमा एकताको निर्णय गरिएको हो । एकतामा असहमति राख्ने कोही हुनुहुन्न,’ परियारले अनलाइनखबरसँग भने ।

वैकल्पिक राजनीतिका संस्थापक उज्ज्वल थापाको स्मृतिमा प्रत्येक जेठ १८ मा केन्द्रीय रूपमा स्मृति दिवस मनाउने समझदारी बनेको छ ।

परियारले जानकारी गराए । नेपालको वैकल्पिक राजनीतिको महान अभियान ‘विवेकशील अभियान’लाई आत्मसात् गर्दै त्यसलाई ऐतिहासिक दस्तावेजीकरण गरिने दुई दलका नेताहरूले बताएका छन् ।

दुई दलबीचमा पदीय भूमिका एवं तहगत पार्टी संरचनामा विवेकशील साझा पक्षबाट कति जना समेटिने विषयको टुंगो लागिसकेको छैन ।

विवेकशील साझा पार्टीका नेताहरूका अनुसार दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा पुग्ने जानकारी गराइएको छ ।

विवेकशील साझाका उपाध्यक्ष परियारले भने,‘एकताका लागि हामीले वैकल्पिक शक्तिको मूल्य/मान्यतालाई आधार बनाएका हौं । पद र संख्यालाई प्रधान बनाएनौं । एक/एक गरेर दुई होइन । हामी एक हुन चाहन्छौं ।’

दुई दलको एकीकरणको घोषणा सभा मंसिर १४ गते (आइतबार) गर्ने टुंगो लागेको छ । राष्ट्रिय सभामा गृहमा हुने एकता घोषणा सभामा विवेकशील साझा पार्टीले आफ्नो कोषमा रहेको रकम समेत हस्तान्तरण गर्ने भएको छ । विपत कोषमा रहेको ३३ लाख रुपैयाँ हस्तान्तरण गरिने भएको छ ।

दुई दलको मिलनमा विगतको पृष्ठभूमिले आधार निर्माण गरेको नेताहरूको दाबी छ । दुई पक्षको संवादमा जोडिने नेताहरूको वैकल्पिक दल हुनुअघि नेपाली कांग्रेसमा आस्था राख्नेहरू थिए ।

विगतको पृष्ठभूमिले पनि एकताका लागि जोडिन बल पुगेको विवेकशील साझाका उपाध्यक्ष परियारले बताए । उनी भन्छन्,‘नीति सिद्धान्तले दलहरू ध्रुवीकृत भइरहेका छन् । हामी लोकतान्त्रिक धार बोक्ने आचरणसहितको दल हौं ।’

विवेकशील साझा पार्टीको अध्यक्ष र महासचिव महिलाबाट रहेको हुँदा उक्त निर्णय प्रशंसित बनेको थियो । अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना छन् । पार्टीको नाम, चुनाव चिन्ह, नेतृत्व लगायतमा निसर्त विवेकशील साझाले स्वीकारेको छ ।

विवेकशील अभियानलाई विर्सजन गर्ने गरी पार्टी विलय गराएको आरोप लागेपछि उक्त दलले स्पष्टीकरण दिएको छ । दुई दलमा एकता हुँदा संस्थापक नेता उज्ज्वलको अभियान थप वृहत्तर बनाउन मद्दत पुगेको परियार दाबी गर्छन् ।

उनी भन्छन्,‘उज्ज्वल थापा फाउण्डेशनको मात्रै हुनु भएन । नेपालको वैकल्पिक राजनीतिका अमर प्रणेता, अब वृहत्तर वैकल्पिक राजनीतिका सर्वमान्य संस्थापक बने ।’

विवेकशील साझा पार्टी रास्वपासँग एकीकरण गर्ने निर्णयप्रति असन्तुष्ट हुने नेताहरू पनि उक्त दलमा छन् ।

विवेकशील साझाका बागमती प्रदेशका पूर्व सांसद रमेश पौडेल, नेता आशुतोष तिवारी लगायत एकताको पक्षमा देखिएका देखिएका छैनन् ।

‘एकताका लागि जाने साथीहरूलाई शुभकामना छ । विवेकशील अभियान भने मर्ने छैन,’ पौडेलले अनलाइनखबरसँग भने ।

विवेकशील साझा पार्टीमा क्रियाशील नरहेका केही व्यक्तिहरू एकताको विपक्षमा रहेको जनाएको छ । एकता पक्षधर नेताले भने,‘आशुतोषजी तीन वर्षदेखि पार्टी सदस्य हुनुहुन्न । रमेश जी साधारण सदस्य रहेपनि पार्टीमा क्रियाशील र बैठकमा उपस्थित हुन छोडेको धेरै समय भइसक्यो ।’

पार्टीको भ्रातृ संस्थामा युवा संगठन मात्रै गठन गरेको विवेकशील साझाले केन्द्रमा १३ वटा विभाग बनाएको छ ।

विवेकशील साझाले ४१ जिल्लामा सम्पर्क समन्वय व्यक्ति चयन गरेको छ । गत निर्वाचनमा संघ र प्रदेशमा विवेकशील साझाबाट सांसद चयन हुन सकेनन् । बाराको फेटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित चार वडाध्यक्ष विवेकशील साझाका उम्मेदवारले जितेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More