― Advertisement ―

HomeLatest newsपूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश – KhabarHost

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश – KhabarHost



१२ मंसिर, काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् ।

पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा गरेका थिए ।

रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र कुशासनको अन्त्य गर्ने पार्टी रास्वपा मात्रै भएको बताए ।

जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

उनले भने, ‘रास्वपामा परिवर्तनका लागि इमान्दार भएका व्यक्तिहरू जोडिएका छन् । इमान्दार व्यक्तिहरू जोडिएकै कारण मुलुकको समृद्धि, कुशानको अन्त्य यही पार्टीको नेतृत्वबाट मात्रै सम्भव छ ।’

पार्टीका सभापति रवि लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर पनि आफूलाई रास्वपा प्रवेशमा प्रोत्साहित गरेको उनले बताए ।

अन्य धेरै पार्टीहरूबाट पनि आफूलाई पार्टी प्रवेश गर्न अनुरोध गरेको भए पनि सभापति लामिछानेमाथि भएको अन्याय विरुद्ध लड्न पनि आफू रास्वपा प्रवेश गरेको बताए ।

२४ भदौको जेनजी आन्दोलनमा पुराना पार्टीका नेताहरू दुलोभित्र पसिरहेका बेला रास्वपाका सभापति रवि लामिछानेलाई भने जनताले काँधमा बोकेर बाहिर ल्याएको उनले बताए ।





Read More