― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsहुन्डीको १० लाख नगदसहित पर्साबाट एक भारतीय पक्राउ

हुन्डीको १० लाख नगदसहित पर्साबाट एक भारतीय पक्राउ


राष्ट्रिय

समाचार.

  • पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक सुरेन्द्र साहलाई पक्राउ गरेको छ।
  • सुरेन्द्र साहले मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ छिपाइ १० लाख रुपैयाँ ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ।
  • पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले जानकारी दिनुभएको छ।

१२ मंसिर, काठमाडौं । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सूचनाका आधारमा शुक्रबार बिहान ९ बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना रक्सौल वडा नम्बर १ बस्ने ५३ वर्षीय सुरेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय प्रर्साले जनाएको छ ।

जाँचका क्रममा साहले मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलको वायाँतर्फको एयर फिल्टरभित्र लुकाइ छिपाइ ल्याएको १००० दरका ७०० थान गरेर ७ लाख र ५०० दरका ६०० थान गरेर ३ लाख गरी कूल १० लाख रुपैयाँ बरामद गरिएको छ ।

बरामद गरिएको रकम हुन्डीको भएको प्रहरीको भनाइ छ । मोटरसाइकलसहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More