― Advertisement ―

HomeLatest newsईश्वरलाई महेशको चुनौती– निसर्त ओलीलाई सहयोग, हैन भने विदाई

ईश्वरलाई महेशको चुनौती– निसर्त ओलीलाई सहयोग, हैन भने विदाई


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका नेता महेश बस्नेतले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष पदको प्रतिस्पर्धामा नउत्रिन चुनौती दिएका छन्।
  • बस्नेतले पार्टीलाई केपी शर्मा ओलीकै दृढ नेतृत्वमा बचाउनुपर्ने र स्थिर, एकजुट एमाले आवश्यक भएको बताएका छन्।
  • उनले भने, ‘यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता, नभए सहर्ष विदाई नै इश्वर पोख्रेलको निमित्त सही विकल्प हो।’

११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर प्रहार भइरहेका बेला प्रतिस्पर्धामा नउत्रिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनौती दिएका छन् ।

आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेलले निसर्त ओलीलाई सहयोग गर्नुपर्ने अन्यथा पार्टीबाट विदाई लिनुपर्ने बस्नेतको चुनौती छ ।

एमालेले आन्तरिक र बाह्य दबाब झेलिरहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको बस्नेतको आरोप छ ।

बिहीबार साँझ सामाजिक सञ्जालमा पोखरेलविरुद्ध आक्रामक टिप्पणी गरेका अध्यक्ष ओलीका निकटवर्ती बस्नेतले पार्टीमाथि आक्रमण भइरहेका बेला नेतृत्व बदल्न नहुने तर्क गरेका छन् ।

अहिले नेतृत्वको दाबी कसले गर्छ भन्दा पनि कसले पार्टी बचाउन सक्छ भन्ने महत्त्वपूर्ण भएको उनको तर्क छ ।

‘ पार्टीलाई अहिले मजबुत संगठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पंक्ति चाहिन्छ, जुन  के पी ओलीकै दृढ नेतृत्वमा सम्भव छ,’ बस्नेतले लेखेका छन् ।

‘पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ- स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले । यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता । यदि सकिँदैन भने सहर्ष विदाई नै इश्वर पोख्रेलको निमित्त सही विकल्प हो,’ उनले भनेका छन् ।





Read More