― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsमधेश केन्द्रित दल चुनावी गठबन्धनको तयारीमा – KhabarHost

मधेश केन्द्रित दल चुनावी गठबन्धनको तयारीमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • संघीय लोकतान्त्रिक मोर्चाका दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल र सिट समायोजनमा छलफल गरिरहेका छन्।
  • मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लले चुनावी गठबन्धनको अन्तिम स्वरूपबारे निर्णय हुन बाँकी रहेको र चुनाव मिति निश्चित नभएसम्म अन्य दलसँग तालमेल अनिश्चित रहने बताए।
  • जसपा नेपालका प्रवक्ता मनिष सुमनले निर्वाचन केन्द्रित तयारीमा जुटेको र सरकारले सहज राजनीतिक वातावरण बनाउनुपर्ने उल्लेख गरे।

१० मंसिर, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका दलहरू आशन्न निर्वाचनमा तालमेल गरेर जाने मनस्थितिमा देखिएका छन् ।

अन्तरिम सरकारले २१ फागुनका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनका लागि दलीय रूपमा एक्ला–एक्लै आन्तरिक तयारीमा जुटेका मोर्चाआवद्ध दलका नेताहरूले चुनावी तालमेलको सम्भावना रहेको बताएका छन् ।

मोर्चाको घटक लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लले पार्टीले चुनावी गठबन्धन र एकताको प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । प्रारम्भमा ‘संघीय लोकतान्त्रिक मोर्चा’ भित्र सिट समायोजनमा ध्यान केन्द्रित गरिने उनको भनाइ छ ।

‘चुनावी गठबन्धन गरेर या विचार मिल्ने पार्टीहरूसँग एकता नै गर्ने भन्नेबारे छलफल चलिरहेको छ । हाम्रो गठबन्धन एकता अथवा सिट एडजस्टमेन्ट मोर्चाभित्र हुन्छ,’ उनले भने, ‘हामी एउटा बलियो गठबन्धन होस्, बलियो समझदारी होस् भन्ने पक्षमा छौँ । त्यसैअनुसार हामी अगाडि बढ्छौं ।’

यद्यपि, नेता शुक्लले गठबन्धनको अन्तिम स्वरूपबारे निर्णय हुन बाँकी रहेको र चुनावको निश्चित मिति तय नभएसम्म अन्य विचार मिल्ने दलहरू सँगको तालमेल पनि अनिश्चित रहने प्रतिक्रिया दिए ।

‘पहिलो तालमेल–एकता मोर्चाभित्रै हुन्छ । त्यसपछि विचार मिल्ने अन्य दलहरूसँग हुन्छ,’ उनले भने, ‘कोसँग हुन्छ भन्ने कुरा अहिलेसम्म निश्चित भइसकेको छैन । किनभने २१ फागुनमा चुनाव हुन्छ भन्ने कुरा ठोकुवा गर्ने स्थिति चाहिँ छैन ।’

नेता शुक्लले लोसपा चुनावमा भाग लिन तयार रहे पनि हाल ग्रामिण क्षेत्रमा राजनीतिक सभा र सम्मेलनहरू आयोजना गर्ने त्रासमुक्त वातावरण अझै बन्न नसकेको गुनासो गरे ।

सरकारले जतिसक्दो चाँडो पछिल्लो परिस्थिति सामान्यीकरण गरेपछि चुनावी तयारीलाई पूर्ण गतिमा बढाइने पनि शुक्लले बताए । उनले उम्मेदवारहरूको लागि लोसपाले ‘सर्भे’ को काम जारी राखेको जानकारी दिए ।

‘हामीले चुनावमा भाग लिन्छौं भन्ने निर्णय गरेका छौं । हामी आफ्नो तयारीमा छौं क्यान्डिडेटहरूको बारेमा सर्भे गरिरहेका छौं,’ नेता शुक्लले भने, ‘तर जनता र राजनीतिक व्यक्तिको सम्पर्क, सम्पर्कको तरिका जुन हुन्छ, त्यो स्थिति अझै बनिसकेको छैन । हामी त्यसैको प्रतिक्षामा छौं ।’

जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि चुनावलाई एकमात्र विकल्प मानेर आफूहरू देशव्यापी रूपमा निर्वाचन केन्द्रित तयारीमा जुटिसकेको बताए । यद्यपि, उनले निर्वाचनका लागि सरकारले सहज राजनीतिक वातावरण तयार गर्नुपर्ने र जेलबाट फरार कैदीबन्दी र सुरक्षाकर्मीबाट खोसिएका हतियार फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।

‘हामी निर्वाचन होस् भन्ने चाहन्छौं, जसपा नेपाल निर्वाचन नै एउटा विकल्प हो भन्ने मान्यता भएको पार्टी हो । पार्टीले चुनावलाई केन्द्रित प्रत्येक निर्वाचन क्षेत्रमा नेताहरू खटाई सकेको छ,’ प्रवक्ता सुमनले भने, ‘सरकारले चुनावको वातावरण बनाउनु पर्‍यो । जेनजी आन्दोलनमा भागेका कैदी अझै पनि बाहिर छन् । सुरक्षाकर्मीका लुटिएका हतियार बाहिरै छन् । सबै फिर्ता ल्याउने जिम्मा सरकारको हो ।’

जसपा नेपालका प्रवक्ता सुमनले ‘संघीय लोकतान्त्रिक मोर्चा’ का सदस्य दलहरूसँग चुनावी तालमेलका लागि सहकार्य गर्न खुला रहेको पनि बताए । आवश्यकताअनुसार पार्टीले एक्लै वा गठबन्धनमा चुनाव लड्ने रणनीति अपनाउने उनको भनाइ छ ।

‘तालमेलका लागि हामी खुला छौं । निर्वाचन छ, सबै अपनाइन्छ । हामी संघीय लोकतान्त्रिक मोर्चामा सदस्य छौं । मोर्चाले आपसी सहकार्य, गठबन्धन, तालमेलका अभ्यासहरू गरिरहेको छ,’ उनले भने, ‘उम्मेदवारी दर्ताको दिनसम्म ती बाटाहरू रहिरहन्छ । तसर्थ, हामी तालमेल पनि गर्न सक्छौं । एक्लै पनि चुनाव लड्छौं ।’

‘संघीय लोकतान्त्रिक मोर्चा’ को अर्को घटक जनमत पार्टीका महासचिव चन्दन सिंहले पनि चुनावी गठबन्धनका लागि कुनै प्रतिबन्ध नरहेको प्रतिक्रिया दिए ।

मोर्चामा आवद्ध दलहरूबीच गठबन्धन हुन सक्ने भए पनि परिस्थिति र क्षेत्रगत बाँडफाँटको आधारमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने उनको भनाइ छ ।

‘हामी संयुक्त लोकतान्त्रिक मोर्चामा छौं । मोर्चामा गठबन्धन हुन पनि सक्छ । कुनै त्यो रेस्ट्रिक्सन होइन, गठबन्धन हुन पनि सक्छ, नहुने पनि होइन,’ महासचिव सिंहले भने, ‘अब परिस्थिति कस्तो बन्छ । कुन–कुन क्षेत्र कसले लिने, त्यो एउटा निधो हुन्छ । त्यो अनुसारले हामी गठबन्धन गर्न पनि सक्छौं ।’

सिंहले जनमत पार्टीले आगामी निर्वाचनको तयारी स्वरूप संगठनात्मक गतिविधि र भेलाहरू सञ्चालन गरिरहेको जानकारी दिए । ‘चुनावको तयारी हामी गरिरहेका छौं,’ उनले भने, ‘हरेक जिल्लामा संगठनात्मक गतिविधि सुरु भएको छ । जिल्लास्तरीय कार्यकर्ता भेलादेखि गाउँपालिका–नगरपालिका हुँदै वडासम्म सम्मेलन र भेलाहरू गर्दैछौं ।’

जनमतका महासचिव सिंहले मोर्चामा आवद्ध दलहरूसँग पार्टी एकताको सम्भावना भने तत्काल नरहेको बताए । ‘चुनावी गठबन्धन र पार्टी एकताको कुरा छुट्टै हो,’ मोर्चामा आवद्ध दलहरूबीच एकीकरणको सम्भावनाबारे अनलाइनखबरको प्रश्नमा उनले भने, ‘मोर्चामा गठबनधन हुन सक्छ । एकताको कुरा हुँदै हुँदैन । अहिले एकताको कुरा छैन ।’

जसपा नेपालका महासचिव सुमनले पनि मोर्चामा आवद्ध दलहरूबीच पार्टी एकीकरणको सम्भावनालाई अस्वीकार गरे । ‘पार्टी एकताका लागि कुनै अभ्यास चलेको छैन । चुनावी तालमेल त हुन सक्छ,’ उनले भने, ‘अहिले एकीकरणको कतै कुनै प्रयास र अभ्यास चलिरहेको छैन ।’

तराई–मधेशलाई आधार क्षेत्र बनाएका विभिन्न सात दलहरूले २१ चैत ०८१ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका थिए ।

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी थिए ।

नाउपामा विवाद बढेपछि मोर्चामा आवद्ध अन्य दलहरूले रेशमलाल चौधरीलाई मान्यता दिएका थिए । हाल चौधरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

मोर्चामा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि आवद्ध छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More