― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsघरेलु मैदानमै म्यान्चेस्टर सिटीको हार – KhabarHost

घरेलु मैदानमै म्यान्चेस्टर सिटीको हार – KhabarHost


राष्ट्रिय

समाचार.

  • युरोपियन च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले घरेलु मैदान एतिहादमा बायर लेभरकुसनसँग २-० गोलअन्तरले पराजित भएको छ।
  • लेभरकुसनका अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक स्किकले क्रमशः २३औं र ५४औं मिनेटमा गोल गरेका थिए।
  • लेभरकुसनले ५ खेलमा ८ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ भने सिटी १० अंकसहित छैटौं स्थानमा छ।

१० मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी जर्मन क्लब बायर लेभरकुसनसँग पराजित भएको छ ।

सिटीलाई उसैको घरेलु मैदान एतिहादमा लेभरकुसनले २-० गोलअन्तरले हराएको हो । लेभरकुसनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक स्किकले १-१ गोल गरे ।

खेलको २३औं मिनेटमा ग्रिमाल्डोले गोल गर्दै लेभरकुसनलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा स्किकले गोल गर्दै अग्रता दोब्बर पारे । यही दुई गोल लेभरकुसनको जितका लागि पर्याप्त रह्यो ।

जितपछि ५ खेलमा ८ अंक भएको लेभरकुसन अंकतालिकामा १३औं स्थानमा उक्लिएको छ । पराजित सिटी १० अंकसहित छैटौं स्थानमा छ ।

गएराति भएको अन्य खेलमा बोरुसिया डर्टमुन्डले भिल्लारियललाई ४-० ले हरायो भने मार्सेलले न्युकासलमाथि २-१ को जित हासिल गर्‍यो । युभेन्ट्सले बोडो ग्लिम्पटलाई ३-२ ले हराउँदा नापोलीले काराबागलाई २-० ले हरायो ।

बेनफिकाले अयाक्सलाई २-० ले हराउँदा युनियन सेन्ट गिलोसले गालातासारेलाई १-० ले हरायो । स्लाभिया प्राहा र एथ्लेटिक क्लबले गोलरहित बराबरी खेले ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More