― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsचुनावी संशयको बादल फाटेको हो ? – KhabarHost

चुनावी संशयको बादल फाटेको हो ? – KhabarHost



८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको फागुन २१ गतेका लागि निर्धारित चुनाव नहुने भन्दै सडक प्रदर्शन समेत गर्दै आएको एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । यसले विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो, एवं तल्लो तहसम्म राजनीतिक प्रभाव भएको दलले चुनावी मार्गतर्फ सोझ्याएपछि अब निर्वाचन नहुने संयशको बादल केही फाटेको छ ।

जेनजी आन्दोलनबाट सत्ताच्यूत भएको दल चुनावमा नजाने अवस्थामा फागुन २१ को चुनाव नहुन नसक्ने संशय थियो । तर अब एमालेले दल दर्ता गरेपछि चुनावबाट भाग्दैन भन्ने एउटा मजबुत आधार तयार भएको छ ।

जुन कुरा एमालेमा नेताहरूले पनि बताएका छन् । निर्वचन आयोगमा मंगलबार एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भिष्म अधिकारीले दल दर्ता गराएका थिए । त्यसपछि अनलाइनखबरसँगको कुराकानीमा एमालेका प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमले भने, ‘निर्वाचन आयोगमा दल अद्यावधिक गरेको हौं । चुनाव हुँदैन र जाँदैनौं भनेका छैनौं  ।’

एमालेले दल दर्ता गरेपछि यसअघि केही संशयमा रहेको सरकार पनि केही उत्साहित देखिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको बताए ।

‘हामीलाई जुन राजनीतिक दलहरूले चुनावमा आउँदैनन् कि भन्ने आशंका थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा दल दर्ता र नवीकरण गरिसकेपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो,’ मन्त्री खरेलले भने ।

राजनीतिक दलहरू चुनावमा जान्छौं भनेर दल दर्ता गराइसकेपछि अब चुनावको बाँकी माहोल बनाउने मुख्य काम सरकारको हो ।

अहिले दल दर्तासँगै एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग पनि सर्वोच्चमा लगेको छ । यदी कानुनी रुपमा पुनर्स्थापना भए पनि एमाले त्यो एजेण्डा आफ्नै हो भन्ने पार्नका लागि मुद्दा गएको हो । तर पुनर्स्थापना नभएको अवस्थामा एमाले चुनावमा जाने नै अवस्था रहन्छ ।

त्यसका लागि एमालेको मुख्य रुपमा सरकारको कार्यशैली र अझै पनि शान्ति सुरक्षा र अमनचयनको वातावरण नभएको भन्ने चासो छ ।

शान्ति सुरक्षा हुनुपर्ने र चुनाव निष्पक्ष हुन्छ भन्ने सुनिश्चतता हुनुपर्छ भन्ने माग आवरणमा एमालेको जस्तो मात्र देखिए पनि समग्रमा सबै दलको हो । अन्य दलहरूले पनि चुनाव हुनका लागि शान्ति सुरक्षाको माग प्रबल हुनुपर्ने माग गरिरहेका छन् ।

अझै पनि जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार सबै फेला परिसकेका छैनन् । प्रहरी र कर्मचारीहरूको मनोबल अझै पनि फर्किएको छैन । शान्ति सुरक्षा पूर्ण रुपमा हुन्छ भन्ने सुनिश्चित वातावरण बनेको छैन ।

चुनावमा राजनीतिकि दलहरूले विना अवरोध आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सभा सम्मेलन लगायतका कार्यक्रम गर्नका लागि कसैले हस्तक्षेप गर्न मिल्दैन ।

तर पछिल्ला दिनमा एमाले लगायतका दलका नेताहरूलाई हिँडडुल र कार्यक्रम गर्नमा केही युवाहरूका समूहले अवरोध गरेका घटनाहरू आइरहेका छन् । बारा, विराटनगर, सुनसरी र मंगलबार सुर्खेतमा भएका घटनाले राजनीतिक गतिविधि निर्वाध गर्न पाइने हो कि नपाइने हो भन्ने प्रश्न उठिरहेको छ । यी कुरा सम्बोधन गर्नका लागि सरकारले ध्यान नदिएको अवस्थामा दलहरूले निर्वाचनका लागि दर्ता गरे पनि चुनाव नहुन सक्छ ।

त्यसैले अब कुनै पनि दल चुनावी प्रयोजनका लागि बाहिर नबस्ने भाग लिने भन्दै दर्ता गरेपछि अब बल सरकारतर्फ सोझिएको छ । अब दलहरूले भनेजस्तो चुनाव हुने वातावरण सरकारले बनाउनुपर्नेछ ।

दलहरूले भनेको यो कुरा सरकारले पनि महसुस गरेको देखिन्छ । ’हामीलाई सुरक्षाको वातावरण बनाउ भनिसकेका छन्,’ मन्त्री खरेलले भने ।

निर्वाचन आयोगले पनि निर्वाचनको पूर्वतयारीको ६० प्रतिशत बढी कार्य सकाएको बताएको छ । आगामी माघ ६ गते मनोनयन दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।

दलहरू नेतृत्व परिवर्तन र ध्रुवीकरण सकसमा

जेनजी आन्दोलनपछि अहिले राजनीतिकि दलहरू नेतृत्व परिवर्तन र राजनीतिक अस्तित्व बचाउका लागि तीव्र ध्रुवीकरणमा छन् । एमाले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने तरखरमा छ । महाधिवेशनका कारण त्यो दलको आन्तरिक राजनीति तरंगित छ । अर्को ठूलो दल कांग्रेस डेढ महिनादेखि नेतृत्व परिवर्तनका लागि नियमित कि विशेष महाधिवेशन भन्ने गलफत्तिमा बिताइरहेको छ । चुनाव अघि महाधिवेशन भए त्यसको असर निर्वाचन परिणाममा पुग्ने भन्दै एकथरी नेताहरू वैशाखमा महाधिवेशन गर्ने विकल्प अघि सारिराखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू विशेष महाधिवेशन अहिले नै गरिहाल्नुपर्ने माग गरिरहेका छन् ।

यी दुई ठूला दलहरूबीचको आन्तरिक राजनीतिक माहोलले पनि  फागुन २१ को चुनावमा कतै प्रभाव पार्ने हो कि भन्ने संशय चाहीँ छ । त्यस्तै अन्य दलहरू पनि एक अर्कासँग एकता र चुनावी मोर्चाबन्दी गरिरहेका छन् ।

कतिपयले चाहीँ सबै वातावरण बने पनि एकै चरणमा चुनाव गर्नका लागि फागुन २१ को समय मौसमको प्रतिकूल हुने हो कि भन्ने शंका पनि व्यक्त गरेका छन्  । तर यी सबै त प्राविधिक विषय भए । मुख्य विषय चुनाव दलहरू तयार  छन् कि छैन र सरकारले त्यसका लागि वातावरण बनाउँछ कि बनाउँदैन भन्ने हो । यो पक्षमा चाहीँ मंगलबार एमालेले दल दर्ता गरेर चुनावमा जानका लागि तयार रहेको सन्देश दिएपछि संयश केही हटेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More