― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsटी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको दुर्लभ कीर्तिमान

टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको दुर्लभ कीर्तिमान


राष्ट्रिय

समाचार.

  • मलेसियाका स्टार अलराउन्डर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार रन र १०० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन्।
  • विरानदीपले २०१९ मा टी–२०आई डेब्यू गरेका थिए र हालसम्म १०६ खेलमा ३१०० भन्दा बढी रन र १०२ विकेट लिएका छन्।
  • उनले मंगलबार बहराइनविरुद्ध ३ विकेट लिएपछि १००औं विकेटको कीर्तिमान पनि पार गरेका छन्।

९ मंसिर, काठमाडौं । मलेसियाका स्टार अलराउन्डर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनी ३ हजार रन र १०० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

३००० रन यसअघि नै पूरा गरेका विरानदीपले मंगलबार भएको बहराइनसँगको टी-२०आई खेलमा १००औं विकेटको कोशेढुंगा पनि पार गरे ।

२६ वर्षीय विरानदीपले २०१९ मा टी–२०आई डेब्यू गरेका थिए । उनले हालसम्म १०६ खेलमा ३१०० भन्दा बढी रन बनाइसकेका छन्, जसमा १ शतक र २२ अर्धशतक समावेश छन्।

यस्तै उनले मंगलबार बहराइनविरुद्ध ३ विकेट लिएपछि विकेट संख्या पनि १०२ पुर्‍याएका छन् ।

टी-२०आई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी विश्वकै शीर्ष १० मा छन् । सन्यास लिइसकेका भारतीय ब्याटर रोहित शर्मा १५१ इनिङमा ४२३१ रनका साथ शीर्षमा छन् ।

विरानदीप एसोसियटका उत्कृष्ट टी-२० ब्याटरमध्ये एक हुन् । मलेसियाले उल्लेखनीय उपलब्धि हासिल गर्न बाँकी भएपनि व्यक्तिगत रूपमा विरानदीप भने स्टार खेलाडीका रूपमा चिनिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More