राष्ट्रिय
समाचार.
- मकवानपुर प्रहरीले भीरबाट खसेर खोल्सामा अड्किएकी १४ वर्षीया रजना स्याङ्तानलाई सकुशल उद्धार गरेको छ।
- उद्धार टोलीले डोरीको सहायताले रजनालाई बाँधेर बोकेर माथि निकालेको थियो।
- स्थानीयले बालिकाको उद्धारपछि प्रहरीलाई धन्यवाद दिएका थिए।
९ मंसिर, काठमाडौं । भीरमा खसेर अड्किएकी बालिकालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल घर भएकी १४ वर्षीया रजना स्याङ्तान सोमबार राति करिब आठ बजे छबेली बजार जाने क्रममा खहरे खोलाको भीरबाट ५० मिटर तल खसेकी थिइन् ।
भीरबाट खस्ने क्रममा खोल्सामा अड्किएकी स्याङ्तानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले उद्दार गरेको हो ।
उद्धार गर्ने क्रममा एक प्रहरी जवानले बालिकालाई डोरीले सुरक्षित रूपमा बाँँधेर आफूसँगै बोकेका थिए । माथि बसेका अन्य प्रहरीले डोरीको सहायताले दुवैलाई तानेर माथि निकालेका थिए ।
बालिकाको सकुशल उद्धारपछि स्थानीयले प्रहरीलाई अंकमाल गर्दै धन्यवाद दिएका थिए ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

