― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsफ्लाइओभरसहितको नारायणगढ–पथलैया सडक विस्तार गर्न ठेक्का आह्वानको तयारी

फ्लाइओभरसहितको नारायणगढ–पथलैया सडक विस्तार गर्न ठेक्का आह्वानको तयारी


सांकेतिक फोटो



काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक विस्तारका लागि ठेक्का आह्वानको काम अन्तिम चरणमा पुगेको छ ।

यो सडक विस्तारको क्रममा जंगली जनावरहरु वारपार गर्न मिल्ने गरी फ्लाइओभर समेत बनाउने तयारी छ ।

सडक एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको छ ।

नारायणगढदेखि पथलैयासम्मको दुरी कुल एक सय किलोमिटर रहेकोमा पहिलो चरणमा गोन्द्राङसम्म करिब सात किलोमिटर सडक विस्तार भइसकेको छ । बाँकी खण्ड बिस्तारका लागि नयाँ ठेक्का आह्वान गर्न लागिएको हो ।

सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक–एडीबी) अन्तर्गत आयोजना निर्देशक चूडाराज ढकालका अनुसार सडक विस्तारका लागि केही हप्ताभित्रै ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । उनका अनुसार मुख्य सडक चार लेनमा र बजार क्षेत्रमा सर्भिस लेनसहित आठ लेनमा विस्तार गरिने छ ।

त्यसक्रममा करिब दुई किलोमिटर लामो क्षेत्रमा तीन–तीन लेनको फ्लाइओभर निर्माण गरिने छ । वन्यजन्तुमैत्री यो फ्लाइओभर नेपालका लागि पहिलो र नौलो हुने निर्देशनालयका अधिकारीहरु बताउँछन् ।

फ्लाइओभरमा माथिबाट सवारीसाधन गुड्ने छन् भने त्यसको तलबाट जंगली जनावरहरु ओहोरदोहोर गर्ने छन् ।

पथलैया–हेटौंडा–नारायणगढ सडक अन्तर्गत पहिलो चरणमा टिकौली जंगल क्षेत्रमा र दोस्रो चरणमा अमलेखगञ्ज आधाभार क्षेत्रमा फ्लाइओभर बनाउने तयारी छ ।

जंगल क्षेत्रमा जंगली जनावरहरु सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट मृत्यु हुने गरेकाले उनीहरुको सुरक्षाका लागि फ्लाइओभर सहितको वन्यजन्तुमैत्री सडक विस्तार गर्न लागिएको निर्देशक ढकालले बताए ।

एडिबीकै सहयोगका विस्तार भइरहेको बुटवल–नारायणगढ सडकखण्डको ११५ किलोमिटर क्षेत्रमा ११२ वटा अन्डरपास बनाएका छन् । ५० मिटर फराकिला दुई वटा ओभरपास बन्ने क्रममा छन् ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागको वार्षिक प्रतिवेदन हेर्दा संरक्षित क्षेत्रमा चोरी शिकारीबाट भन्दा कयौं गुणा धेरै सडक दुर्घटनाबाट जनावरहरुको मृत्यु भएको देखिन्छ ।

सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालय प्रमुख ढकालका अनुसार २३ वटा अन्डरपासहरु पुराना कल्भर्टहरुलाई सुधार गरेर बनाइएको छ । बुटवल–नारायणगढ खण्डमा बाँदरलाई वारपार गर्न सहज बनाउने गरी डोरी र तार टाँग्ने तयारी छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड पनि वन्यजन्तुमैत्री बनाउने तयारी छ । विश्व बैंकको सहयोगमा दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको यो सडकखण्डमा हाल रुखहरु हटाउने काम भइसकेको छ । साथै झापाको चारआलीमा पनि हात्तीलाई बाटो क्रस गर्न मिल्ने खालको पूर्वाधार बनाउने तयारी छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । तर यी साना र साँघुरा छन् । यो जनावरका लागि बनाइएको नेपालकै पहिलो अन्डरपास हो ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागको विगत पाँच वर्षसम्मको वार्षिक प्रतिवेदन हेर्दा संरक्षित क्षेत्रमा चोरी शिकारीबाट भन्दा कयौं गुणा धेरै सडक दुर्घटनाबाट जनावरहरुको मृत्यु भएको देखिन्छ । त्यसैले सडक विस्तारका काम गर्दा वन्यजन्तुमैत्रीको आवश्यकतामा जोड दिने गरिएको छ ।

विकासका काम वन्यजन्तुमैत्री र वातावरणमैत्री नहुँदा थुप्रै जीवजन्तु र वनस्पतीको अस्तित्व संकटमा परेको अभियन्ताहरु बताउँछन् । विकाससँगै मानव–जीवजन्तुबीच द्वन्द्व पनि बढेको छ ।

त्यसैले नेपाल सरकारले २०७८ सालमा ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका’ जारी गरेको थियो । निर्देशिकामा वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाइएको छ ।

यो निर्देशिका कार्यान्वयनको चरणमा गइरहेका बेला त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र वन विज्ञान अध्ययन संस्थान (आईओएफ) ले स्नातक र स्नातकोत्तर तहमा वन्यजन्तु र वातावरणमैत्री विकास सम्बन्धी अलग–अलग पाठ्यक्रम बनाएर पढाइरहेका छन् ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More